कांग्रेस र अन्य पार्टीको यस्तै छ चाला
कुसुम सेञ्चुरी
साउन ३१, २०७८ सोमबार ०:३३:३०
टिप्पणी
३१ साउन, काठमाडौं । पाँच पटकसम्म महाधिवेशनको मिति तोक्दै र रद्द गर्दै, नेपाली कांग्रेस बल्लतल्ल आफ्नो चौधौं महाधिवेशन गर्ने अन्तिम तालिकाको टुङ्गोमा पुगेको छ ।
तर यो महाधिवेशन, पार्टी संगठन र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने समर्पित विचारबाट भईरहेको छैन, पार्टीको वैधानिक अस्तित्व नै धरापमा परेपछि अस्तित्व जोगाउने जुक्तिका रुपमा आसन्न महाधिवेशनको सहारा लिइएको स्वतःस्पष्ट छ ।
लोकतन्त्रको लागि आजीवन संघर्ष गरेको एउटा लोकतान्त्रिक पार्टीलाई आफ्नो नियमित महाधिवेशन गर्नपनि यस्तो हम्मेहम्मे पर्नु र दवावको सामना गर्ने बाटो नभएकोले मात्र महाधिवेशनमा जाने बाध्यता एउटा लोकतान्त्रिक पार्टीको लागि कत्तिको सुहाउने कुरा हो, आफ्नो ठाउँमा छ ।
नेपाली कांग्रेस दल मिलेको तर दिल नमिलेको पार्टी हो । यसलाई दिल मिलाउने अभियान र नेता चाहिएको छ । दिल मिलेपछि शक्ति संचय स्वतः हुन थाल्दछ । कांग्रेसलाई भावनात्मक एकता गराउने पर्व भनेको महाधिवेशन नै हो । महाधिवेशन भनेको विचारको उत्सव र तर्कको द्वन्द्वद्वारा नयाँ नेतृत्वको उदय गराउने सुखद पर्व हो ।
जेठा मामाको भाङ्ग्राको धोती कान्छा मामाको झन् कुन गति ! बीपी कोइरालाजस्ता राजनेताले स्थापना र नेतृत्व गरेको पार्टीमा आज यो दुर्दशा नेताहरूको दुर्बुद्धिको दुष्परिणाम हो ।
तर चौधौँ महाधिवेशन गर्नुपर्ने अवस्थामा पुगेको नेपाली कांग्रेसको भावी लक्ष र गन्तब्य योजना के छ, त्यसबारे ‘शीर्ष नेता’ भनिएका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै थाहा छैन भने द्वयम दर्जाका ‘प्रभावशाली नेता’ र गाउँका कार्यकर्ताहरूलाई के थाहा होस् । जेठा मामाको भाङ्ग्राको धोती कान्छा मामाको झन् कुन गति ! बीपी कोइरालाजस्ता राजनेताले स्थापना र नेतृत्व गरेको पार्टीमा आज यो दुर्दशा नेताहरूको दुर्बुद्धिको दुष्परिणाम हो ।
बाटो बिराएका मानिसको भीड
कांग्रेस, बाटो बिराएका मानिसको भीडजस्तो मात्र लाग्दैछ । बाटो बिराएर हिँडनमा अगुवाई गर्ने स्वयं सभापति देउवा नै देखिन्छन् । ‘शीर्ष नेता’ वा ‘प्रभावशाली नेता’ हरू आफ्नो अभिमान बढाउने, पार्टीको स्वाभिमान गिराउने खालका मात्र भए । आगामी १४ औँ महाधिवेशनको छाँटकाँट हेर्दा यो महाधिवेशन केवल नेता छान्न मात्र केन्द्रित हुने तर नीतिगत छलफल गर्न नचाहने देखिँदैछ ।
अहिलेका ‘शीर्ष नेताहरू’ बाट वैचारिक बहस होला र नीतिगत अठोट बन्ला भन्ने आशा गर्नु एक्काइसौँ शताब्दीको सबभन्दा ठूलो मूर्खता हुन्छ । आज सबै ‘वाद’ ध्वस्त भएका छन् । कांग्रेसले पनि आफ्ना वादलाई पूर्वस्थितिमा बहाल गर्नुछ । सबैभन्दा मूल मान्यता कांग्रेसको आर्थिक वृद्धिबारे दर्शनको केन्द्रविन्दु आमजनता भएमात्र यस पार्टीले नयाँ जीवन र उर्जा पाउने छ ।
अधिकांश युवा भनिएकाहरू अध्ययन, लेखन् र विचार मन्थनका अभ्यासबाट विमुख छन् । तिनीहरू ठेक्कापट्टा, लाभको पद, विदेश भ्रमण आदि अनेक काम पटाउने र लाभ लिने राजधानीमा बसेर जिल्लाको राजनीतिको गुड्डी हाँक्ने सत्ताका दलाल र सुविधाभोगी समुदाय भएका छन् ।
सत्ता–प्रेम स्वार्थको प्रेम हो, स्वतन्त्रता–प्रेम सबैप्रतिको प्रेम हो । सत्ताप्रेम र स्वतन्त्रताप्रेमको द्वन्द्वमा कांग्रेसले आफूलाई कहाँ उभ्याउने हो, त्यो निश्चय गर्नुपर्छ । कुनै पनि जिम्मेवार नेता वा कार्यकर्ताले अब परिणामप्रति लापरवाही भएर कदम चाल्न सक्दैन । जनतालाई पिरोल्ने परिणामको राजनीतिको श्रोत, जिम्मेवार र उत्तरदायी नेता वा कार्यकर्ताले बन्नु हुँदैन ।
कांग्रेसको साहस र हिम्मतको परीक्षा तब हुन्छ, जब यो पार्टी प्रतिपक्षमा रहेको छ । कांग्रेसको संयम र सृजनात्मकताको परीक्षा तब हुन्छ, जब उ सत्तामा हुन्छ । पार्टी सभापति वा संसदीय दलको नेतामा को आयो भन्ने होइन, कसरी आयो भन्ने कुराको महत्व हुन्छ । लोकतान्त्रिक प्रक्रियाबाट आएको जो होस् सबैलाई मान्य हुन्छ । कांग्रेसमा पनि भाग्यमानी र संघर्षशील दुई किसिमका नेता छन् । विरासतमा प्राप्त राजनीतिका भाग्यमानी नेताले अबको कांग्रेसलाई हाँक्न सक्दैन ।
यस्तै प्रवृत्तिभित्र राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले मौलाउने अवसर पाईरहेको छ । बेईमान ठेकेदार, किसान र उपभोक्तालाई एकसाथ ठग्ने बिचौलिया वा दलाल, सून तस्कर, भूमाफिया, कानुनले डामेका अपराधी र सत्ताका भ्रष्टहरूका लागि वर्तमान राजनीति अभुतपूर्व अनुकूल र स्वर्णयुग भईरहेको छ ।
परिवारवादको रोग
पार्टीलाई नै परिवार मान्ने त्यस्तो परिवारवादको पक्षपाती धेरै छन्, तर पछाडि परेका छन्, किनकि उनीहरू परिवारलाई पार्टी मान्ने प्रवृत्तिको त्यतिनै विरोधी हुन् । कांग्रेसले नयाँ जीवन त्यतिबेला पाउने छ, जब केन्द्रीय सभापति, पदाधिकारी र सदस्य गरी ८५ प्रतिशत पदहरूमा कार्यकर्ताले निर्वाचनद्वारा नियुक्त गरेको नेतृत्व चयन हुने छ भनेर यो पद्धतिको विकास पनि गरिएको हो । तर कुकुरको पुच्छर बाह«वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै !
युवा पुस्ता सफल कि असफल ?
युवा पुस्ता आमरुपमा निराशा र पलायनबाट प्रभावित भएको देखिन्छन् । यस्तो मनस्थितिका युवा वर्गलाई सफलताको मौका दिने कता हो कता, नियमपूर्वक र चित्तबुझ्दो किसिमले असफल हुने हक पनि प्राप्त हुने परिस्थिति छैन । अधिकांश युवा भनिएकाहरू अध्ययन, लेखन् र विचार मन्थनका अभ्यासबाट विमुख छन् । तिनीहरू ठेक्कापट्टा, लाभको पद, विदेश भ्रमण आदि अनेक काम पटाउने र लाभ लिने राजधानीमा बसेर जिल्लाको राजनीतिको गुड्डी हाँक्ने सत्ताका दलाल र सुविधाभोगी समुदाय भएका छन् ।
अन्त्यमा : सिद्धान्त, विचार, नैतिकता, मूल्य र मान्यताको राजनीति खोज्ने सदाचारी र इमानदार मनुवाभन्दा मूर्ख र लाटो अहिलेको राजनीतिमा को होला ? यस्तै प्रवृत्तिभित्र राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले मौलाउने अवसर पाईरहेको छ ।
बेईमान ठेकेदार, किसान र उपभोक्तालाई एकसाथ ठग्ने बिचौलिया वा दलाल, सून तस्कर, भूमाफिया, कानुनले डामेका अपराधी र सत्ताका भ्रष्टहरूका लागि वर्तमान राजनीति अभुतपूर्व अनुकूल र स्वर्णयुग भईरहेको छ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा यस्ता विकृतिमाथि निर्ममतापूर्वक रौं चिरा विश्लेषणसहितको बहस हुनु जरुरी छ । हेरौं, के हुन्छ !
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली खेल्ने
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार
रौतहटको गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी
मंसिर १७, २०८१ सोमबार