झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मलाई घर
नेपालबहस संवाददाता
साउन ३२, २०७८ सोमबार १३:२८:४७
३२ साउन, बनियानी । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम कार्की ‘पार्थ’ले जानकारी दिए ।
जनता आवास कार्यक्रम र तराई मधेश समृद्धि कार्यक्रमले समेट्न नसकेका शहीद परिवार, राज्य व्यवस्था परिवर्तनका लागि योगदान दिएका, एकल महिला, वृद्धवृद्धा, विपन्न, आदिवासी–जनजातिलगायतलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको उनले बताए । यो कार्यक्रमअन्तर्गत मेचीनगर–११ का शहीद गणेश लम्सालकी धर्मपत्नी मैया आचार्य लम्साललाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । लम्सालले माओवादी जनयुद्धताका २०६१ फागुन २ गते मोरङको जाँतेमा जनमुक्ति सेना र तत्कालीन शाही सेनाबीच भएको दोहोरो भिडन्तमा सहादत प्राप्त गरेका थिए ।
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मुकुलचन्द्र राजवंशीले शहीदलाई विभिन्न कार्यक्रममा एक मिनेट मौन धारणमै सीमित गरिएको बताउँदै भने, “शहीद परिवारको घर बन्नु उदाहरणीय कार्य हो, शहीदप्रतिको सम्मान हो ।” उनले व्यवस्था परिवर्तनका लागि सहादत प्राप्त गर्नेका परिवार र जीउँदा शहीदलाई हेर्नुपर्नेमा जोड दिए ।
त्यस्तै सोही कार्यक्रमअन्तर्गत झापा विद्रोहका योद्धा मेचीनगर–१० का ७० वर्षीय सानो दुर्गा अधिकारीले नयाँ घर पाएका छन् । भाडाको घरमा बस्दै आएका उनको आफ्नै घरमा बस्ने सपना पूरा भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीसँगै विसं २०३० मा पक्राउ परेका अधिकारीले १७ वर्ष लामो कठोर जेल जीवन बिताउदै आएका थिए । अध्यक्ष ओलीभन्दा तीन वर्ष बढी समय जेलनेल भोगर उनी विसं २०४६ मा जेलमुक्त भएका थिए ।
प्रजातन्त्र प्राप्तिमा जीवनका उर्वर समय अर्पण गर्ने अधिकारीको आर्थिक अवस्था भने कमजोर छ । “बूढेसकालमै भए पनि घर पाएपछि बस्नलाई सजिलो भयो”, उनले भने, “अब राज्यका तर्फबाट भरणपोषणको व्यवस्था भए अरु केही चाहिँदैनथ्यो ।” लम्साल र अधिकारीसँगै मेचीनगर नगरपालिकाका २० र बुद्धशान्ति गाउँपालिकाका सात परिवारले घर पाएका छन् ।
मेचीनगर–१ का ख्याम तामाङ, २ की मिठुमाया रेग्मी, ३ का हरिभक्त अधिकारी, ४ का सहदेव माझी र भीमबहादुर खत्री, ५ का दलबहादुर बस्नेत, ६ का कृष्णप्रसाद खनाल, ७ की मैयादेवी गुरुङ, लीलाराम गौतम र लिदलबहादुर कुमाल, ९ का वेदप्रकाश राई, यादव चापागाईं र नवीन पौडेल, १२ का केशव दनुवार र प्रवास धिमाल, १३ का हरिमान थेवे, १४ की मिना बिर्जा र १५ नं वडाका कमल भण्डारीले घर पाएको सांसद कार्कीका स्वकीय सचिव शिबु बुढाथोकीले जानकारी दिए ।
मेचीनगरमा निर्माण भएका घरहरुको लागत प्रतिघर रु तीन लाख ४५ हजार र रु ७० हजार बराबरको श्रमदान गरी कूल रु चार लाख १५ रहेका बुढाथोकीले बताए । बुद्धशान्तिमा निर्माण गरिएका घरको लागत रु तीन लाख र रु ७० बराबरको श्रमदान रहेको छ । कार्यक्रमअन्तर्गत दुई कोठा र बरण्डा भएको घर निर्माणका लागि बजेट आए पनि अधिकांश लाभग्राहीले स्थानीयवासी र अन्य दाताको थप सहयोगबाट तीन कोठाको घर बनाएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार