आज साउन महिनाको अन्तिम सोमबार, शिवालयहरुमा भक्तजनहरुको भीडभाड !
नेपालबहस संवाददाता
साउन ३२, २०७८ सोमबार १७:४३:३९
३२ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार। पशुपतिनाथ मन्दिर क्षेत्र लगायत देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भीडभाड बढेको छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन्।
कोरोना संक्रमणका कारण मन्दिरका ढोकाहरु बन्द भएपछि कतिपय श्रद्धालुले मन्दिरको बाहिरबाटै पुजा गरेका छन्। साउन महिनालाई हिन्दुहरु भगवान् शिवको प्रिय महिनाको रूपमा मान्छन्। त्यसमा पनि सोमबारलाई विशेष मानिन्छ।
भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन्। काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर लगायत देशभरका शिवालयहरुमा यो दिन कोरोना संक्रमणका कारण मन्दिरहरु बन्द हुँदा बाहिरबाटै पूजाआजा गर्ने दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
तर यसपाली कोरोना संक्रमण फैलिन नदिन मठमन्दिर लगायत मानिसहरूको भीडभाड हुने सबै स्थानहरू बन्द राख्ने सरकारको निर्णय अनुसार सबैजसो मन्दिरहरू बन्द नै रहेका छन्।
साउन महिनामा मात्र लाखौं श्रद्धालुले दर्शन गर्ने पशुपतिनाथको मन्दिरमा यसपाली पनि भक्तहरूको घुइँचो लाग्ने प्रसिद्ध मन्दिरहरु बन्द रहेकाले अधिकांश श्रद्धालुहरूले घरमै वा स्थानीय शिवमन्दिरहरुमा पुजा आराधना गरेर आफ्नो भक्ति अर्पण गरेका छन् ।
व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार