अख्तियारको छापाः निमित्त मेसु भन्छन्, पहिलेका मेसु डा.मदनको पालामा जथाभावी औषधी खरिद गरियो
नेपालबहस संवाददाता
साउन ३२, २०७८ मंगलबार ०:२०:४२
३२ साउन, बीरगञ्ज । पर्साको नारायणी अस्पतालमा सोमबार अख्तियारको टोलीले छापामारी गरेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । अस्पतालको फार्मेसी विभागमा छापामारी गरेर अख्तियारको टोलीले फर्मेसीको स्टक, म्याद गुज्रेको औषधीको विवरण, खरिद तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
अख्तियारको टोलीले अस्पतालका निमित्त मेसु डा. वीरेन्द्रबहादुर प्रधानसँग पनि फार्मेसीको बारेमा संचारमाध्यममा आएका विषयलाई लिएर सोधपुछ गरेको थियो । अख्तियारको टोलीसँग निमित्त मेसु प्रधानले आफ्नो पालामा औषधी खरिदका लागि १० लाख रुपैयाँ मात्रै प्रयोग गरेको प्रतिकृया दिएका थिए ।
यस्तै संचारमाध्यममा आएजस्तो १ करोड बढी रकम यसअघिका मेसु डा. मदन उपाध्यायको पालामा औषधी खरिदमा खर्च भएकाले त्यो अनियमिततामा आफूलाई नमुछ्न पनि उनले आग्रह गरे । ‘डा. मदन मेसु भएका बेला औषधी खरिद भएको थियो, त्यति बेलैको फर्स्यौट अझैसम्म पनि हुन सकेन,’ निमित्त मेसु डा. प्रधान भन्छन्, ‘त्यसैले यहाँ बेरुजु देखियो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णु सापकोटाको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ र पदाधिकारीसँग पनि जानकारी लिएको थियो ।
अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले अस्पतालमा अहिले पनि करिब ७० लाख जतिको म्याद गुज्रेका औषधीहरु रहेकाले ती सबै औषधी वितरकले फिर्ता लैजाने बताए । ‘औषधी खरिद गर्ने बेलैमा म्याद गुज्रिएका औषधी वितरकले फिर्ता गर्ने भनेर सम्झौता भएको छ,’ गुप्ता भन्छन्, ‘त्यसैले औषधीको म्याद गुज्रिएको भए पनि त्यसबापतको भुक्तानी अस्पतालले फिर्ता पाउँछ ।’
सरकारले चार वर्षअघि सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्ने नीति अनुरुप २० लाख रुपैयाँ सिड मनी (बीउ पुँजी) र करारमा ६ कर्मचारी राखेर फार्मेसी सुरु गरेको हो ।
अख्तियार क्षेत्रीय कार्यालय हेटौँडाका सूचना अधिकारी सापकोटाले अस्पतालका बारेमा परेको उजुरी र संचारमाध्यममा आएका समाचारलाई आधार बनाएर आफूहरु छानविन गर्न अस्पताल आएको र आवश्यक कागजातको अध्ययनपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार