विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १, २०७८ मंगलबार २०:२:८
१ भदौ, काठमाडौं । विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका-५ थलि मिलन चोक डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका-९ घर भएका ४२ वर्षीय संजिव राईलाई १८ केजी अवैध लागूऔषध गाँजा र नगद १३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
राईले लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, धनुषाकाे जनकपुर उपमहानगरपालिका-४ मुरली चोकस्थित सडकमा बा ५ प १४० नम्बरको गाडीबाट १ सय २० किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ सिरानचोक बेसी बस्ने ३२ वर्षीय विर बहादुर ब्लोनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त गाडीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीभित्र रहेको पानीको ट्यांकीभित्र उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक ब्लोनलाई पक्राउ गरेको हो ।
उता, कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका-२ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमाबर साँझ प्रहरीले पक्राउ गरेको छ ।
लु १५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक रानालाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका प्युठान प्युठान नगरपालिका-८ खप्रिङ खोला बस्ने २९ वर्षीय बिकास महोत्रा क्षत्रीलाई समेत नगद १४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार