उच्च शेयरमूल्य भएको राष्ट्रिय बीमा कम्पनीको मुनाफा ४३ प्रतिशतले घट्यो
नेपालबहस संवाददाता
भदौ १, २०७८ मंगलबार १९:५३:३८
१ भदौ, काठमाडौं । शेयरबजारको दोस्रो बजार उच्च शेयरमूल्य उच्च रहेको राष्ट्रिय बीमा कम्पनीले गत आवको चौथो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४३ प्रतिशतले कमी आएको छ ।
कम्पनीले अघिल्लो आवमा ६३ करोड ८५ लाख ६ हजार मुनाफा आर्जन गरेकोमा गत आवमा ३६ करोड ३ लाख २८ हजारमा सीमित भएको हो ।
गत आवमा कम्पनीको आम्दानीमा कमी आएको नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी ३५ प्रतिशतले कमी आएको छ । त्यसैगरी कम्पनीको जगेडामा ३ अर्ब १४ करोड ८५ लाख र बीमा कोषमा २ अर्ब ४३ करोड १ लाख सञ्चित गरेको हो ।
कम्पनीले गत आवमा १ अर्ब ६३ करोड ६० लाख ९९ हजार बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बीमाशुल्क २६ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी कम्पनीले गत आवसम्ममा ९ हजार ६७९ जनालाई १५ करोड १८ लाख ५२ हजार दाबी भुक्तानी गरेको छ भने नविकरण गरिएको बीमालेखको संख्या ८ हजार ५२५ रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १३५ दशमलव १४, मूल्य आम्दानी अनुपात १५९ दशमलव ८४ र तरलता अनुपात ३ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ १ हजार २८० दशमलव ८१ रहेको छ । यो समचार तयार पर्दासम्म कम्पनीको शेयमूल्य प्रतिकित्ता २० हजार ५०० कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार