पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु
नेपालबहस संवाददाता
भदौ १, २०७८ मंगलबार २१:२६:२८
◊चन्द्रकला भण्डारी
१ भदौ, झापा । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरुआत गरेको छ । नाक, कान र घाँटीमा क्यान्सर सङ्क्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालिएपछि पुरानै स्वरुपमा अनुहारलाई ल्याउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।
प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंकै लगानीमा दुई वर्षदेखि विर्तामोडमा अस्पताल सञ्चालन भइरहेको छ । स्वदेशमै क्यान्सरको पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’का लागि अस्पतालमा अनुभवी जनशक्ति र उपकरण उपलब्ध भइसकेको मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारी दिए ।
नेपालमा मात्र नभएर नाक, कान र घाँटीको क्यान्सरका बिरामी विश्वभरि नै बढिरहेको उहाँले जानकारी दिनुभयो । सुर्ती र मदिरा सेवन नै यो प्रकारको क्यान्सर गराउने मुख्य कारण भएको उनको भनाइ छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षसम्म नाक, कान र घाँटीको क्यान्सरको शल्यक्रिया गर्दै आएको अर्का सर्जन डा बजरङ्ग साह हाल अस्पतालमा सो सम्बन्धी विभागीय प्रमुखमा नियुक्त भएको छ । उनले नै ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्दै आएको छ ।
उनले नेपालमा पहिलो पटक ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु भएको जानकारी दिए । उनले शरीरको अरू भागबाट मासु ल्याएर अनुहारमा जोड्ने शल्यक्रियालाई नै ‘फ्री फ्लाप’ भनेर चिनिने बताए । ब्रेनभन्दा मुनि र फोक्सोभन्दा माथिको शरीरको भागमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।
भारतमा ‘फ्री फ्लाप’ गर्न रु २० देखि २५ लाख खर्च लाग्ने भए तापनि यहाँ सोही उपचार रु तीन लाखमा भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताउनुभयो । ‘फ्रि फ्लाप’ लागि अब विदेश धाउने दिन गएको उनको भनाइ छ ।
अस्पतालले दुई वर्षमा २२ हजार पाँच सय ३० क्यान्सरका बिरामीको उपचार गरेको र यसमध्ये सात सयको शल्यक्रिया गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए । उनका अनुसार अहिलेसम्ममा तीन हजार पाँच सय जनाको बायोप्सी जाँच गरिएको, दुई हजार आठ सय १० को केमोथेरापी गरिएको, नौ सय ५३ को रेडियोथेरापी गरिएको र एक सय ४० जनाको ब्रेकी थेरापी गरिएको बताए ।
अस्पतालले क्यान्सरको पूर्ण उपचारको सेवा दिने गरी डा मुक्ति देवकोटाको नेतृत्वमा सर्जिकल अङ्कोलोजी, डा बजरङ्ग साहको नेतृत्वमा रिकन्स्ट्रक्शन सर्जरी र डा वीरेन्द्र यादवको नेतृत्वमा रेडियोलोजी विभाग गठन गरिएको छ ।
दश हजारको पाठेघर क्यान्सर निःशुल्क जाँच
अस्पतालका कार्यकारी प्रमुख डा निराजन प्रसाईंले महिलाको पाठेघरसम्बन्धी क्यान्सर रोगी धेरै पाइएको कारण जनचेतना जगाउन १० हजार जाँच गरिने निः शुल्क गरिने जानकारी दिए । अस्पतालले झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा स्वास्थ्य शिविरको आयोजना गरी जाँच गर्ने र क्यान्सर पुष्टि भएका हरेक बिरामीको उपचारमा रु एक लाखको उपचार सहयोग गर्ने उनले बताए ।
यही भदौ ६ गतेदेखि अस्पतालमा निःशुल्क ओपीडी सेवा प्रदान गरिने र एक हजार विपन्न परिवारको स्वास्थ्य बीमासमेत अस्पतालका तर्फबाट गरिने कार्यकारी प्रमुख डा प्रसाईंले घोषणा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार