विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित ९ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार १९:४६:५१
२ भदौ, काठमाडौं । विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब २.१ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१ बस्ने २ जना १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
बा ५ ख ६०८८ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यता, झापाकाे विर्तामोड नगरपालिका-५ जात्रुबारीबाट ३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-१ चारपानेबाट ४ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ बस्ने देवी तामाङ र सोही नगरपालिका-५ बस्ने २१ वर्षीया सिता खतिवडा रहेका छन् ।
उता, मोरङकाे बेलबारी नगरपालिका १० भाउन्ने चोकबाट नियन्त्रित लागूऔषध ७ सय पीस प्रमाडोल र ७ सय पीस स्पास्पेन सहित ३ जानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-१ का २४ वर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका-४ का २९ वर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका-४ का २९ वर्षीय बिशाल राई रहेका छन् ।
प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झापाली होटलमा बसेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार