वालिङमा हरियाली पुनःउत्थान परियोजना: फाेहोरमैलालाई स्रोतको रुपमा प्रयोग गरिने
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शुक्रबार २३:१:२६
४ भदौ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा हरित पुनःउत्थान प्रबद्धर्न परियोजना (पीजीआरपी) सुरु भएको छ । नगरलाई सफा सुन्दर बनाउनका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन बृद्धि गर्ने लक्ष्यसहित परियोजना सुरु गरिएको बताईएको छ ।
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) र वालिङ नगरपालिकाको साझेदारी तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा परियोजना शुरु भएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँणले फोहरलाई श्रोतका रुपमा प्रयोग गरी रोजगारी सिर्जना गरिने बताए ।उनले भने, फाहोरको सम्बन्धमा नागरिकको सोच परिवर्तन गर्न सकेमा सहजै रोजगारी सिर्जना गर्न सकिन्छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको नगरलाई बिभिन्न दातृ निकायबाट सहयोग लिईएर योजना अगाडि बढाईएको जानकारी उनले दिए ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका लुम्बिनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्याल दीगो बिकास लक्ष्य प्राप्तिका लागि हरित पुनःउत्थान परियोजनाले सहयोग पुर्याउने बताए । उनले भने ‘वालिङको सोच र योजनामा युएनडिपीको सहकार्य निक्कै उपलव्धिमूलक रहेको छ’ ।
वालिङ नगरपालिकाले लिएको उत्पादन र उत्पादकत्व बढाउने योजनालाई युएनडिपीले सहजीकरण गरिरहेको अर्यालले बताए । परियोजनाले नीतिगत र कार्यान्वयन तहमा फोहरमैला व्यवस्थापनका लागि सहयोग गर्ने तथा स्वरोजगारी सिर्जना गर्न सहयोग पुर्याउने अर्यालको भनाई छ । परियोजनाले बिशेष गरी महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्य राखेको उनको जानकारी दिए ।
अभिमुखिकरण कार्यक्रममा युएनडिपीका शहरी फोहोरमैला व्यवस्थापन विज्ञ सन्तोष दास श्रेष्ठले फोहरबाट रोजगारी सिर्जना गर्ने र परियोजनाले दीर्घकालिन योजना निर्माण गर्ने समेत उनको भनाई छ । फोहोरमैला व्यवस्थापन तथा न्युनीकरणका लागि परियोजना काम गर्ने बताउँदै उनले भने, परियोजनामार्फत दिर्घकालिन सरसफाई पद्धतिको विकास गरिने छ ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट ईन्जिनियर दीपेन्द्र मल्लले प्रस्तुती गरेका थिए । कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ, दियालो संस्थाका अध्यक्ष कविता तिवारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वालिङ नगरपालिका माधव प्रसाद न्यौपानेले गरेका थिए ।
परियोजनाको अवधिमा अर्गानिक खेती, फोहरमैलाबाट रोजगारी सिर्जना १४ वटै वडामा उत्पादन भएक बस्तुलाई बजारसम्म लैजाने र उद्यमी गर्न चाहानेलाई ईबिकमार्फत व्यवसायिक योजना बनाई उद्यमशीलतामा अगाडि बढाउने योजना रहेको परियोजना प्रमुख बिशाल बगालेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाएपछि पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार