हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम
नेपालबहस संवाददाता
भदौ ७, २०७८ सोमबार १३:३४:१५
७ भदौ, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आज ब्लु डायमण्ड सोसाइटीको आयोजनामा गाईजात्रा विशेष कार्यक्रम गरिएको छ ।
सोसाइटीले ‘राइट हियर राइट नाउँ’को सहयोगमा हेटौँडा उपमहानगरपालिका–११ शहीद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो । संस्थाले विगत १८ वर्षदेखि काठमाडौ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्लाजिल्लामा कार्यक्रमको आयोजना गरिएको ‘राइट हियर राइट नाउ’ का कार्यक्रम संयोजक अनुज पिटर राईले जानकारी दिए ।
गाईजात्राले स्वतन्त्रताको समेत वकालत गर्ने भएकाले लैङ्गीक तथा अल्पसङ्ख्यकको पहिचानका लागि पनि यो पर्व उचित भएको राईले बताए । इतिहासमा पनि गाईजात्राका समयमा केटा मान्छेसमेत केटी भएर हिँड्ने चलन भएको भन्दै उनले आफूहरुको पहिचानसँग यो पर्व जोडिएको विश्वास व्यक्त गरे । कार्यक्रममा लैङ्गीक तथा अल्पसङ्ख्यक समुदायका २५ जना सहभागीले स्वास्थ्य मापदण्ड पालना गरी प्लेकार्डसहित गाईजात्रा कार्यक्रम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार