कोरोनाका कारण औपचारिकतामै सीमित गाईजात्रा
नेपालबहस संवाददाता
भदौ ७, २०७८ सोमबार २०:२४:३७
७ भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसका कारण नेवार समुदायको महत्वपूर्ण पर्व सापारु (गाईजात्रा) औपचारिकतामा सीमित गरेको छ । कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ ।
उनका अनुसार मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलःलगायत सबैमा अनुरोध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयअनुसार जात्रा मनाइएको छ ।
नगर प्रमुख रमेश महर्जनले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको हुँदा यस वर्षको जात्रा औपचारिकतामा सीमित गरी परम्परा धान्ने काम गरिएको बताए । कीर्तिपुरमा यस जात्रालाई विशेगारी आज मात्र मनाउने गरिएको छ । नगर उपप्रमुख एवं प्रवक्ता सरस्वती खड्काका अनुसार कोरोनाका कारण अहिले नागरिक आफै सचेत भई स्वास्थ्य मापदण्ड अपनाएर नागरिक जात्रामा सहभागी भएका छन् ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृतक व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार