बिर्तामोडमा खोपमा चरम लापरवाही
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १८:३८:५१
८ भदौ, झापा । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ ।
जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई बुझाएको छ ।
खोपजस्तो मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटलजस्तो असम्बन्धित ठाउँमा सरकारी गाडीबाट ढुवानी गरेर पु¥याउनु, तत्काल खोपलाई नगरपालिका पु¥याउने अवस्था रहँदारहँदै होटलका कर्मचारीलाई जिम्मा लगाउनु र होटलमा खोप बुझेर कोभिड फोकलपर्सन अन्यत्र हिँड्नु अत्यन्त गैरजिम्मेवार र चरम लापरवाही भएको प्रतिवेदनमा उल्लेख छ ।
छानबिन समितिका संयोजक रिमालले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएको हुँदा खोप बुझाउने र बुझ्ने दुवै पक्षका कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न राय दिइएको बताए।
स्वास्थ्य कार्यालय झापाले गत साउन १५ गते भेरोसेल खोपको १०३ भाइल बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई पठाएको तर सो खोप बिर्तामोडका कोभिड फोकलपर्सन खड्काले होटलमै बुझेका थिए । होटलमा खोप लुकाउन खोजेको भनेर विवाद भएपछि छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले तीन हप्ता छानबिन गरेर प्रतिवेदन बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिवेदन बुझ्दै आज हुने कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरिने र आवश्यक कारबाहीका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार