धादिङमा आत्महत्याका घटना बढ्दै, बिदाको दिन धेरै
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार २१:६:५८
८ भदौ, धादिङ । धादिङमा पछिल्लो केही वर्षयता आत्महत्याका घटना बढ्दै गएको छ । गएको तीन वर्षको तथ्याकलाई हेर्दा गत आर्थिक वर्ष ०७७–७८ मा आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी देखिएको हो ।
आव ०७५–७६ मा ९३ जना, ०७६–७७ मा ९४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याकमा उल्लेख छ । आव ०७७–७८ मा मात्र त्यो संख्या बढेर १४२ जना अर्थात् २८ दशमलव ९८ प्रतिशत पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
धादिङमा एक महिनामा सरदर १३ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी विष सेवन गर्ने रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । त्यसमा पनि पुरुषको संख्या बढी छ ।
त्रि–वर्षिय आत्महत्याको विश्लेषण गर्दै धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले दिनको समयभन्दा रातको समय र अन्य दिनकोभन्दा बिदाको समय ‘शनिबार’ आत्महत्या गर्नेको संख्या धेरै बताए । अरुले थाहा पनि नपाउने र एक्लोपनको अनुभूति हुने भएकाले मध्यराति १२ देखि बिहान ६ बजेको समयमा आत्महत्याका घटना धेरै हुने गरेको एसपी खड्का बताउँछन् ।
आत्महत्या गर्नेहरुमा १६ देखि ३० वर्ष उमेरका अधिक छन् भने ६० वर्षदेखि माथि उमेर समूहका पनि देखिएका छन् । वैदेशिक रोजगारका सामाजिक असर, आर्थिक अभाव, पारिवारिक अवहेलना, असफल प्रेम, लागूऔषध, परीक्षामा असफलता, घरेलु हिंसा, गरिबीलगायतका कारण १६ देखि ३० वर्ष उमेर समूहका तन्नेरीहरुले आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार