बलिउडमा तीन खानलाई नफापेको वर्ष
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार २२:१९:३७
८ भदौ, एजेन्सी । बलिउडमा सलमान खान, शाहरुख खान र आमिर खानलाई ठूला कलाकारका रूपमा लिइन्छ । सन् २०१८ भने यी तीनै खानका लागि सुखद रहेन । उनीहरूले अभिनय गरेको फिल्मले समीक्षकको मन त जितेन, फिल्मले बक्स अफिसमा पनि कमाल देखाउन सकेन ।
सो वर्ष सलमान अभिनित ‘रेस ३’ रिलिज भयो । अघिल्लो दुई सिरिज हिट भएकाले यो पटक सलमानको आगमनसँगै फिल्मले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको थियो । यद्यपि त्यसो भएन नै, ब्रान्डको साख पनि जोगाउन सकेन । इदको अवसरमा रिलिज भएको यो फिल्मले सलमानको लिस्टमा फ्लप फिल्म थप्नेबाहेक अरु काम गर्न सकेन ।
यसै वर्ष आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ दीपावलीमा रिलिज भयो । फिल्म रिलिज अगाडि निकै चर्चा थियो, तर यो फिल्मले पनि दर्शकको मन जित्न सकेन । फिल्मले फस्ट डे कलेक्सनमा रेकर्ड बनाए पनि आमिरले पछिल्लो समय पाइरहेको सफलतालाई भने जोगाउन सकेन । अर्थात् फिल्म फ्लप भयो । आमिर खानले माफी नै मागे । फिल्मलाई ‘धूम ३’ निर्देशक विजयकृष्ण आचार्यले निर्देशन गरेका थिए ।
शाहरुख खानले पनि आफूलाई सफल बनाउन सकेनन् । रांझानासँगै तनु वेड्स मनु सिरिज निर्देशन गरेका आनन्द एल राय निर्देशित फिल्म ‘जिरो’ डिसेम्बर २१ मा रिलिज भयो । तर, फिल्मको कलेक्सनलाई हेर्ने हो भने शाहरुखको खातामा अर्को फ्लप फिल्म थपियो
फिल्मलाई न त समीक्षकले रुचाए, न त दर्शकले नै । केही वर्षयता निरन्तर असफल भइरहेका शाहरुखको निरन्तरतामा ब्रेक लागेन । सन् २०१८ मा तीनै खानले ठूलै हल्लाखल्लाका साथ फिल्म ल्याए पनि दर्शकले रुचाएको देखिएन । यसकारण पनि सन् २०१८ लाई खानलाई नफापेको वर्ष भन्न सकिन्छ ।
आगामी वर्ष सन् २०२२ मा चार वर्षपछि तीन खान एकसाथ तीन फिल्म लिएर आउँदैछन् । सलमानको टाइगर सिरिज, शाहरुखको स्पाइ थ्रिलर पठान र आमिरको लालसिंह चड्डा रिलिज हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार