लुम्बिनीमा दोस्रो पुस्ता एमालेमै खुल्न थालेपछि नेपालको पार्टी थप कमजोर
नेपालबहस संवाददाता
भदौ १०, २०७८ बिहिबार १४:४:४८
१० भदौ, बुटवल । दोस्रो तहका नेतासमेत नेकपा एमालेमै फर्किएपछि माधव नेपालको नयाँ पार्टी नेकपा ‘एकीकृत समाजवादी’लुम्बिनीमा थप कमजोर भएको छ ।
जनाधार भएका नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्टले एमालेमै रहने निधो गरेपछि समाजवादीलाई घाटा हुने भएको हो । यद्यपि नेपाल पक्षमा खुलेका धेरैजसो नेता नयाँ पार्टीमै रहेने दाबी गरिएको छ ।
अन्तरसंघर्षकै बेला रुपन्देही एमालेमा समानान्तर कमिटी गठन भएको थियो । समानान्तर कमिटीका अध्यक्ष तथा समाजवादी पार्टीमा खुलेका राजु गुरुङले नयाँ पार्टी कमजोर नरहेको दाबी गरे । उनले दोस्रो पुस्ताका नेता घनश्याम भुसालका कारण केही कार्यकर्तामा असर पर्ने भए पनि त्यतिधेरै समस्या नहुने बताए ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सात केन्द्रीय नेताले नयाँ पार्टीमा सनाखत गरेका छन् । नेता सोमप्रसाद पाण्डेले सनाखत गरेपनि प्रमाणित भने भइसकेको छैन । सनाखत गर्नेमा नेता मेटमणि चौधरी, डा. विजयकुमार पौडेल, रामकुमारी झाक्री, भागवत नेपाली र प्रमेशकुमार हमाल छन् ।
गुल्मीमा गोकर्ण विष्टका कारण धेरै नेता एमालेमै अडिन सक्ने अनुमान गरिएको छ । पाल्पाका सोमप्रसाद पाण्डे अन्तिममा नेपालको नयाँ पार्टीमा खुलेकाले नेपाल पक्षमा केही नेता बस्ने आँकलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार