झापामा जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहीन
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १६:५६:१३
११ भदौ, बनियानी । दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना संक्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक÷एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो । दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।
दक्ष जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर उपयोग गर्न नसकिएको बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । “नगर अस्पताल निर्माण भइरहेको छ”, उनले भने, “जनशक्ति र भौतिक संरचना अभावमा भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन”, उनले सुरक्षित अवस्थामा भेन्टिलेटर राखिएको बताए ।
अर्जुनधारामा रहेको भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामा छ । अर्जुनधारामा कोरोना भाइरसको संक्रमण सुरु भएको पहिलो लहरका बेला स्वास्थ्य सेवा विभागले दिएको एक थान ‘पोर्टेबल’ भेन्टिलेटर उपलब्ध गराएको थियो । फाउण्डेशनले दिएको एक थान र विभागको एक गरी दुई थान भेन्टिलेटर रहेको नगर स्वास्थ्य शाखा प्रमुख केशव रिजालले जानकारी दिए ।
एक थान शनिश्चरे अस्पतालमा र एक थान आइसोलेशन सेन्टरमा भेन्टिलेटर तयारी अवस्थामा राखिएको उनले बताए । “भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ”, उनले भने, “तर सञ्चालनका लागि पर्याप्त जनशक्ति छैन ।” भेन्टिलेटर सञ्चालनका लागि एक मेडिकल अधिकृत र एक नर्सिङ स्टाफलाई तालिम दिइएको छ । दुई जनशक्तिले मात्र दुईवटै भेन्टिलेटर सञ्चालन गर्न नसकिने उनले बताए ।
कतिपय अस्पतालमा भेन्टिलेटर अभावमा कोरोना भाइरसका मात्र नभई अन्य बिरामीको उपचार गर्न सकस भइरहेका छ भने जनशक्ति र भौतिक संरचनाको अभावमा सरकार एवं दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार