विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १८:४३:९
११ भदौ, काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका-५ जय सिंङ्बाट करिब ४० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-५ डिल्लीपुर बस्ने २४ वर्षीय राम चन्द्र मोक्तान र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन लो रहेका छन् । सोही ठाउँस्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, मोरङको बेलबारी नगरपालिका-५ कसेनी बस्ने ६१ वर्षीय लब नारायण भन्ने राजनारायण माझीलाई करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीवाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उता, कञ्चनपुरको भिमदत्त नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय सागर चन्द र सोही ठाउँ बस्ने २८ वर्षीय उमेश साउदलाई २८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । शंका लागि प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार