श्रीकृष्ण जन्माष्टमीः हिन्दू धर्मशास्त्र मध्येको सर्वोत्कृष्ट शास्त्र गीताबारे रोचक तथ्य
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार ११:१५:३९
१४ भदौ, काठमाडौं । गीता, अठार अध्याय र ७०० श्लोक रहेको ब्रेल लिपिसहित संसारका करिब ८० प्रमुखतम् भाषामा अनुदित भईसकेको र अझै अनुवाद भईरहेको, हिन्दू धर्मशास्त्र मध्येको सर्वोत्कृष्ट शास्त्र हो, जसको पूर्णनाम श्रीमद्भगवद्गीता हो ।
भगवान् श्रीकृष्णको जन्म ई.पू. ३११२ मा भएको विद्वानहरूको दावी छ । प्राचीन विद्वान आर्यभट्टका अनुसार महाभारत युद्ध ई.पू. ३१३७ मा भयो । कृष्णले ११९ वर्षको उमेरमा देहत्याग गर्नुभयो ।
आर्यभट्टकै अनुसार श्रीकृष्णले गीताज्ञान पाण्डव मध्येका एक, महायोद्धा अर्जुनलाई महाभारतको रणमैदानमा दिनुभएको हो । सर्वप्रथम गीता ज्ञान अर्जुन लगायत सञ्जयले सुने, उनैले धृतराष्ट्रलाई सुनाएका थिए । गीताको संवादमा श्रीकृष्णले ५७४ श्लोक, अर्जुनले ८५ श्लोक, सञ्जयले ४० र धृतराष्ट्रले एक श्लोक बोलेका छन् ।
श्रीकृष्णका गुरू घोर अङ्गीरस थिए भनी छान्दोग्य उपनिषद भन्छ । उनैले कृष्णलाई जुन उपदेश दिएका थिए, सो
ही उपदेश कृष्णले अर्जुनलाई दिनुभएको हो भनी छान्दोग्य उपनिषदमा पाईन्छ ।
गीतामा युक्तिमार्ग, भक्तिमार्ग, शक्तिमार्ग, मुक्तिमार्गका ज्ञान छन् । कर्मयोग, यम–नियम, धर्मकर्म आदिबारे मार्गदर्शन पाइन्छ । ब्रम्ह (ईश्वर) एउटै छन् भन्ने यसको सारसूत्र हो । हरेक शब्द यति सारगर्भित छ, कि प्रत्येक शब्दको लामो ब्याख्या वा छुट्टै पुस्तक हुनसक्छ ।
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई गीताको अठारै अध्याय, ७०० श्लोक र तिनको अर्थ जुनसुकै बेला पनि फरर्र भन्न सक्नेगरी कण्ठस्थ थियो । बीपीमा पनि गीता–ज्ञान गहिरोसँग थियो । सो ज्ञान उहाँले आफ्ना उपन्यासहरूमा कथानक र पात्रमार्फत अभिव्यक्त गर्नुभएको छ ।
भारतीय कवि रवीन्द्रनाथ ठाकुर (टैगोर) लाई सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार दिलाएको ‘गीताञ्जली’ गीताज्ञानकै प्रभाव हो, जसलाई पढ्दा स्वतः स्पष्ट हुन्छ ।
आदि शंकराचार्यदेखि महात्मा गान्धी, राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन्, रजनीश लगायत सयकडौँ उद्भट भारतीय विद्वानहरूसम्मले गीता बारे अनेकौं प्रवचन दिए । तर सर्वोत्कृष्ट प्रवचन रजनीशकै थियो ।
फोटोः गीताको हस्तलिखित सबभन्दा पुरानो ग्रन्थ । यो ग्रन्थ नेपालबाट अवैध तरिकाले भारतमा पुगेको पनि बताईन्छ । स्रोतः इन्टरनेट ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार