मोटरसाइकल चोरका कुख्यात नाईके रोहित श्रेष्ठ पक्राउ तर प्रहरीले किन गरेन सार्वजनिक ?
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १८:५०:२५
१४ भदौ, चितवन । कुनै कसुरमा कोही अपराधी पक्राउ पर्छन् भने प्रहरीले तत्कालै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रचलन छ ।घट्नाको गम्भीरतालाई हेरेर कुनै घट्नाका अभियुक्तलाई सार्वजनिक गर्न ढिलोचाँडो पक्कै हुन्छ । अझ कतिपय केशमा त प्रहरीले आफ्नो बहादुरी प्रदर्शन गर्दै बढाईचढाई घटना सार्वजनिक गर्ने गर्छन् ।
तर, चितवनमा मोटरसाइकल चोरका प्रख्यात नाईके रोहित श्रेष्ठ पक्राउ परेको एक साता बितिसक्दा समेत प्रहरीले अहिलेसम्म सार्वजनिक गर्न सकिरहेको छैनन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको घुमुवा प्रहरी सहायक निरीक्षकद्वय सुरज रिमाल, ठाकुरप्रसाद पनेरु, ईलाका प्रहरी कार्यालय गीतानगरका प्रहरी निरीक्षक सुन्दर चापागाईं तथा पार्वतीपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्मराज पौडेलको संयुक्त टोलीले श्रेष्ठलाई गत सोमबार अपरान्ह ४ बजे पार्वतीपुरमा रहेको आफ्नै वर्कशपबाट श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले चोरी कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य सुरु गरे तापनि श्रेष्ठलाई प्रहरीले अहिलेसम्म सार्वजनिक गर्न नसक्नुको पर्दा पछाडी सेटिङ रहेको हुन सक्ने स्रोतले जनाएको छ । श्रेष्ठ पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल धनीलाई सम्पर्क गरेको र उनीहरुले बुधबार कार्यालयमा आएर जाहेरी समेत दिएको भएपनि प्रहरीले अहिलेसम्म यर्थाथ विवरण सार्वजनिक गर्न नसक्नुले प्रहरी भित्रै चलखेल हुन सक्ने स्रोतले जनाएको छ ।
स्रोत भन्छन्, मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका रोहित श्रेष्ठमाथि अदालतबाट सात दिनको म्याद थप गरी मुद्दा चलाई अनुसन्धान भईरहेको भए पनि प्रहरीले यस बिषयमा खुलेर बोल्न नसक्नु तथा सञ्चारमाध्यम समेतलाई सूचना नदिनु प्रहरीको कमजोरी हो । यस्तै, प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिइएको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीको टोलीले उनको वर्कशपबाटै मोटरसाइकलका थप पार्टपुर्जाहरु समेत बरामद गरेको थियो ।
पटकपटक मोटरसाइकल चोरीको अभियोगमा पक्राउ पर्दै छुट्दै आएका श्रेष्ठ देशैभर कहलिएका चोर हुन् । यसअघि चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोहित श्रेष्ठसहित चार जनालाई ०७६ असार १३ मा २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित पक्राउ गरेको थियो । तर, पक्राउ परेको १० दिनमै सार्वजनिक मुद्दा चलाएपछि उनी १० हजार धरौटीमा छुटेका थिए । त्यस समयमा श्रेष्ठलाई जिल्ला अदालत कास्कीबाट समेत पक्राउ पुर्जी जारी भएको थियो ।
श्रेष्ठको गिरोहले नक्कली बिलबुक र लाइसेन्स समेत बनाउने गरेको अनुसन्धानका क्रममा खुलेको थियो । चितवनमा अहिले दैनिकजसो ३ देखि ५ वटासम्म मोटरसाइकलहरु चोरी हुने गरेको प्रहरीको तथ्यांक छ । स्रोतका अनुसार श्रेष्ठलाई छुटाउन अहिले माओवादीका नेता केशव पौडेल लगायतका केही कार्यकर्ताहरुले समेत प्रहरीलाई अनावश्यक दबाब दिइरहेका छन् ।
चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारी बिदामा रहेको समयमा श्रेष्ठलाई प्रहरीको टोलीले नियन्त्रणमा लिइएको थियो । सो, समयमा चितवन प्रहरीका प्रवक्ता समेत रहेका डीएसपी सुर्यबहादुर थापाले निमित्त प्रहरी प्रमुखको रूपमा नेतृत्व सम्हालेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार