विद्यालयमै प्रयोगात्मक अभ्यास सँगसँगै शिक्षा र पैसा आर्जन गर्दै विद्यार्थी
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार २:१३:३
२० भदौ, डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा रहेको सरस्वती माध्यमिक विद्यालयमा १८ महिने कृषि जेटिए र तीन वर्षे आइएसएजीका विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास सँगसँगै शिक्षा र पैसा आर्जन गरिरहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकामा रहेको यस विद्यालयले कृषि खेतीबाट आम्दानी गर्ने गरेको छ। किताबमा लेखेको मात्रै पढ्नुभन्दा प्रयोगात्मक विधिबाट अध्यापन गराउँदा सिकाइमा टेवा पुगोस् भन्ने उद्देश्यले कृषि खेती गरिएको विद्यालयले जनाएको छ।
रोग र किराबाट बिरूवालाई कसरी जोगाउने र उत्पादन भएको तरकारीलाई कसरी बजारसम्म लैजाने भन्ने कुरा सिकिरहेको विद्यार्थी आकृति अवस्थीले बताइन्। उनी भन्छिन्, ‘प्रयोगात्मक विधिबाट अध्ययन गर्दा हामीहरूलाई फाइदा भएको छ।’
विद्यालयको कुल ६ रोपनी जमिनमा ५ वटा प्लाष्टिक टर्नेल निमार्ण गरी टमाटर, भन्टा, मुला, काउली तथा विभिन्न जातका फलफूलका बिरुवाको नर्सरीसमेत तयार पारिएको छ । आफूहरूले यसबाट ज्ञान आर्जनसंगै आम्दानी पनि गरिरहेको विद्यार्थी जनकराज तिम्लिसेनाले बताए।
सामग्रीको अभाव झेल्दै विद्यालय
प्रयोगात्मक विधिबाट अध्यापन गराउँदा चाहिने सामग्रीको कमि विद्यालयलाई छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिँदा सहज हुने प्रशिक्षक नरेश देउवाले बताए। च्याउ खेती र माछा पालनका लागि पनि विद्यालयले तयारी थालेको उनको भनाइ छ।
विद्यार्थीलाई आधुनिक तरिकाबाट खेती कसरी गर्ने नयाँ प्रणाली के विकास गर्ने, रोग किराको व्यवस्थापन तथा बजारसम्म कसरी उत्पादित तरकारी पुर्याउने लगायतको ज्ञान फिल्डमा नै प्रशिक्षकले सिकाउने गरेका छन्।
उत्कृष्ट प्रयोगात्मक विधिबाट विद्यालयले अध्ययन गराइरहेको भए पनि स्थानीय तहले सहयोग नगरेको विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थीको आरोप छ। आर्थिक अभावकै कारण विद्यालयले बासका टनेल बनाएको उनी बताउँछन्।
आम्दानीको ५० प्रतिशत विद्यालय र ५० प्रतिशत विद्यार्थीहरूले प्राप्त गर्ने गर्छन् भने उत्पादन, वितरण तथा बिक्री सबै विद्यार्थीहरुले गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयप्रसाद भट्टले बताए।
विद्यालय हाताभित्र नै प्रयोगात्मक कक्षाका लागि प्रयाप्त जमिन रहेकाले विद्यार्थीहरूलाई कृषि प्रयोगात्मक कक्षामा सहजता भएको उनको भनाइ छ। विद्यालयले तरकारी बिक्री गरेर आएको पैसाले निजी स्रोतका शिक्षकलाईसमेत पारिश्रमिक दिइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार