संखुवासभा हत्याकाण्डः सँगै सुतेका ७ मध्ये ६ जनाको शव छुट्टाछुट्टै स्थानमा फेला
नेपालबहस संवाददाता
भदौ २१, २०७८ सोमबार २०:२६:५
२१ भदौ, विराटनगर । संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी कार्यालय रानीले जनाएको छ ।
सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।
तेजबहादुरको शव घरको आँगनमा फेला परेको छ भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको छ । तेजबहादुरका नातिरनातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले जानकारी दिए । उनकाअनुसार मृतकको टाउको ढाड लगायतका शरीरका केही अंगमा चोट रहेको छ । तेज बहादुरका दुई भाई, छोरा भने वैदेशिक रोजगारीमा छन् । रन्जनाका श्रीमान रमेश पनि वैदेशिक रोजगारीमै छन् ।
‘धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने खबर प्राप्त भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कमाण्डमा टोली खटाइ सकिएको छ,ु प्रदेश १ प्रहरी कार्याल रानीका प्रमुख अरुण बिसीले भने, ुथप अनुसन्धान जारी छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार