कर्णालीका ३४२ जनप्रतिनिधि एकीकृत समाजवादीमा
नेपालबहस संवाददाता
भदौ २३, २०७८ बुधबार २३:१२:३७
२३ भदौ, कर्णाली । कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन ।
कर्णाली प्रदेशसभामा अब एकीकृत समाजवादीका तीन सदस्य कायम भएका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पदम रोकायाले एमाले त्यागेर नयाँ दल रोजेको हो । स्थानीय तहतर्फ ३३९ जनप्रतिनिधिले एकिकृत समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तह अन्तर्गत सुर्खेतका १५, दैलेखका ६३, जाजरकोटका १०, कालीकोटका ६५, हुम्लाका ५, मुगुका २८, जुम्लाका ४४, डोल्पाका ४२, सल्यानका ६४ र रुकुम पश्चिमका ३ जना रहेको जानकारी दिए ।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ९, चौकुने गाउँपालिकाका ३, पञ्चपुरी नगरपालिकाका २ र भेरीगंगा नगरपालिकाका १ जनाले एकिकृत समाजवादी रोजेका छन् । सुर्खेतका ९ स्थानीय तहमा गरी ९९ वडा छन् । एमालेले सिम्ता, लेकवेशी, चौकुनेमा प्रमुख/उपप्रमुख तथा र वीरेन्द्रनगरमा उपप्रमुख जितेको थियो । प्रमुख/उपप्रमुख सबै एमालेमै रहेका छन् भने एमालेले जितेका ४३ वडामा चार वडाध्यक्ष र वडा सदस्य ११ जनाले समाजवादी पार्टी रोजेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार