दुई वर्षसम्म स्वास्थ्यचौकी भवन सञ्चालनमा नआउँदा सेवाग्राही समस्या
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार १८:१५:२
प्रकाश पाक्साँवा
२५ भदौ, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–४ मा रहेको फाक्चामारा स्वास्थ्यचौकीको भवन उदघाटन भएको दुई वर्ष बित्न लाग्दा पनि सञ्चाालनमा आउन सकेको छैन । राज्यको करोडौँ लगानीमा निमार्ण भएको भवन सञ्चालनमा आउन नसक्दा सेवाग्राही पुरानो भवनबाटै सेवा लिन बाध्य छन् । भवन निमार्ण सम्पन्न भएसँगै २६ पुस २०७६ मा छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले उदघाटन गरेका थिए ।
दुई तले पक्की भवन यतिबेला बोट बिरुवा र झारले ढाकेको छ । करोडौँ लगानीमा निमार्ण गरिएको भवनका भौतिक संरचनाहरू टुट्न र फुट्न थालेका छन् ।
हिमालयन ओम जाम्वीयोजेबी निमार्ण कम्पनीले निमार्ण कार्य सम्पन्न गरी दुई वर्षअघि हस्तारण गरेको थियो । तर, अहिलेसम्म पनि सञ्चालनमा नआउँदा दुःख लागेको स्थानीय निरोज निरौलाले बताए ।
‘नयाँ भवन बनेपछि सहज रूपमा सेवा पाइन्छ भन्ने आशा थियो । तर, वर्षौँ बितिसक्दा पनि प्रयोगमा आउन नसक्दा हामी सरोकारवालहरूले चासो देखाउनु पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।
शहरी विकास मन्त्रालयको एक करोड ३९ लाख लागनी निमार्ण कार्य सम्पन्न भएको थियो । कोरोना महामारीको समयमा पनि यो भवन सञ्चालनमा नआउँदा सेवा लिनसमेत समस्या भएको स्थानीय मदन फुयालले बताए ।
छथर गाउँपालिका–४ का साथै २, ३ र ५ का केही क्षेत्रका नागरिकहरूले यस स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका छन् । नागरिकहरुले सेवा लिने भवन भएर पनि सञ्चालनमा आउन नसक्दा यहाँका नागरिकहरुको समस्या ज्यूँका त्यूँ नै छ ।
यता छथर गाउँपालिका ४ का वडाध्यक्ष उपेन्द्र लिम्बुले भने बजेट विनियोजनमा शीर्षक नमिलेका कारण समस्या भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार