चोइटिएर गएकाहरु केही समयपछि एमालेमै फर्कन्छन : प्रदेश अध्यक्ष गिरी
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार २२:९:१७
२५ भदौ, नेपालगञ्ज । प्रमुख प्रतिपक्षी नेकपा ‘एमाले’ लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य लिला गिरीले सत्ता र स्वार्थका लागि चोइटिएर गएकाहरु केही समयपछि एमालेमै फर्किने दाबी गरेका छन् । उनले शुक्रबार नेपालगञ्जमा एमाले बाँकेका पदाधिकारी र उपलब्ध जिल्ला कमिटीका सदस्यहरुलाई निर्देशनात्मक सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘पार्टी एकीकरणपछि पार्टीको पक्षमा भन्दा पनि सत्ता र स्वार्थको लागि केही व्यक्तिहरु अविरल रुपमा लागेका कारण पार्टीमा फुटको अवस्था आएको हो । तर, पनि विचलित हुनपर्ने अवस्था छैन । निरन्तर पार्टीको हितमा र उपलब्धिमुलक काममा तपाई सबैलाई लाग्न आग्रह छ ।’
उनले आउने चुनावमा कामको नतिजा आउने गरि काम गर्न र पार्टीको पक्षमा अविरल रुपमा नतिजा कायम हुने गरि लाग्न प्रदेश कमिटीको तर्फबाट निर्देशनसमेत दिए । १० बुँदे कार्यान्वयनपछि एमाले बाँकेमा २ जेठअघिका उपाध्यक्ष निरक गुरुङ्ग पार्टीको अध्यक्ष, सचिव रत्न खत्रीलाई पदस्थापना गराइनुको साथै पार्टी एकताबाट आएका नेता कार्यकर्तालाई पनि उचित स्थान दिनेगरी एमाले बाँकेलाई अघि बढाउन निर्देशन दिए ।
उनले पछिल्लो समय पार्टीबाट फुटेर गएका साथीहरु फेरि एमालेमै फर्कने सम्भावना उत्तिकै रहेकाले उनीहरु आउन चाहेमा जिम्मेवारी दिन सकिने कुरामा जोड दिँदै पार्टी एकता प्रक्रियाबाट आएकालाई पनि उचित ठाउँ दिने बताए ।
एमाले लुम्बिनी प्रदेश सचिव भूमिश्वर ढकालले पार्टीलाई नयाँ सोचका साथ अघि बढाउने गरी योजना निर्माण गरि अघि बढ्नको आग्रह गर्दै पछिल्लो समय पार्टीबाट चोइटिएर गएकाहरु पुन पार्टीमा आउन खोजे उनीहरुको बारेमा सोच्न सकिने स्पष्ट पारे ।
उनले १० बुँदेलाई शतप्रतिशत कार्यान्वयन गर्दै पालिकास्तरमा पुराउने, २ जेठमा सबै कमिटी फर्काउने र विगतलाई बिर्सेर नयाँ जिम्मेवारी लिँदै पार्टीलाई अघि बढाउने गरी लाग्न आग्रह गरे । उनले एमालेमा विगतको जस्तो गुट उपगुट नहुने दाबीसमेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार