अनेरास्ववियुले लगायो लुम्बिनी बौद्ध विश्वविद्यालयमा ताला
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ शुक्रबार १:४९:९
३१ भदौ, बुटवल । अनलाइन कक्षाको नाममा पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।
कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको अनेरास्ववियुको आरोप छ । क्याम्पस प्रशासनले कोभिड( १९ को चपेटामा परेका विद्यार्थीलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरेको अवस्थामा पूरै शुल्क लिएको अनेरास्ववियुको आरोप छ ।
विद्यार्थीले आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पूरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
‘लकडाउन अवधिभरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गर्न माग गर्दछौँ । विद्यार्थीहरूबाट शैक्षिक शुल्कबापत लिएको रकम सम्बन्धित अविलम्ब फिर्ता गर्न हाम्रो जोडदार माग छु, अनेरास्ववियुले भनेको छ ।
आफूहरूको मागलाई बेवास्ता गर्दै विद्यार्थीहरूलाई धम्क्याउने कार्य क्याम्पस प्रशासनबाट भएकाले माग पूरा नहुँदासम्मका लागि तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार