कामना सेवाको एनआरएन बचत खाता संचालनमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १, २०७८ शनिबार ०:४१:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/kamana-sewa-_hBztiyVrhQ.jpg)
१ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउने जनाएकोछ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खातामार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ ।
यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाले देशका विभिन्न भागमा १२९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । बैंकले सोसल मिडिया बैंकिङ, केएस आईमोबाइलजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकका ग्राहकलाई वस्तु तथा सेवा खरिदमा ६०% सम्मको छुट
असार ९, २०८१ आइतबार
ग्लोबल आईएमई बैंकका ग्राहकले अब होटल आइकावा इनमा १५ प्रतिशतसम्म छुट पाउने
जेठ ३२, २०८१ शुक्रबार
असार ४ गतेदेखि विश्वका ७५ बढी मुलुकमा सहायता उपलब्ध गराउने विश्व बैंक समूहको बैठक
जेठ ३२, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
कामपाले सुरु गर्यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन
असार १७, २०८१ सोमबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार