जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन
नेपालबहस संवाददाता
असोज ३, २०७८ आइतबार २०:९:१०
३ असोज, खलङगा । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
कम्पनीले दसौंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल यही असोज १ देखि आगामी कात्तिक २४ गतेसम्म सो पसल सञ्चालनमा ल्याएको हो । सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख तिलक सुनारले बताए ।
उनले भने, “अरुवा मोटा चामल प्रतिकिलो रु ४७ मा रु पाँच सहुलियत छुट लिएर रु ४२ मा बिक्री हुने गरेको छ, अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ५१।३०, मासको दाल प्रतिकिलो रु १७०, मसुरोको दाल प्रतिकिलो रु १४० र अरहरको दाल प्रतिकिलो रु १८३ मा प्रतिकिलो रु ५÷५ सहुलियत छुट मूल्यमा बिक्री गरेका छौँ ।”
खाद्य व्यवस्था कम्पनीले असोज १ देखि २४ कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न एक हजार क्विन्टल कोटा पाएको छ । सहुलियत पसल खुलेको पहिलो दिनमै १९ क्विन्टल छुट मूल्यमा खरिद बिक्री भएको शाखा प्रमुख सुनारले बताए ।
सहुलियत छुट मूल्यमा चामल खरिद गर्ने यहाँका स्थानीयवासीको भीडभाड हुने भएकोले बिक्रीवितरण गर्न शाखाले तालिका सार्वजनिक गरेको छ । आज चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मङ्गलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी एवं शुक्रबार तिला र सिञ्जाका लागि तोकिएको छ ।
बिहान १०ः०० बजेदेखि ३ः०० बजेसम्म, प्रतिव्यक्ति दुई बोरा ९६० किलो० र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने खाद्य कम्पनी शाखाले जनाएको छ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज चीन जाँदै
मंसिर १७, २०८१ सोमबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार