उपल्लो मुस्ताङमा दुर्लभ प्रजाति नयाँ चरा फेला
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार १८:५१:३८
सुन्दरकुमार थकाली
४ असोज, जोमसोम । नेपालमा पहिलोपटक दुर्लभ प्रजाति नयाँ चरा भेटिएको छ । नेपालका लागि उपल्लो मुस्ताङमा ‘ठेउवा’ प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।
‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’ नाम गरेको सो प्रजाति नेपालमै पहिलोपटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो । धार्मिक कला, संस्कृति र मौलिकताले भरिएको उपल्लो मुस्ताङको पर्यटकीय गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघि सो प्रजातिको चराका तस्बिर कैद गरेका थिए ।
पर्यटनकर्मी गुरुङले कैद गरेका तस्बिरहरू सुरुआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आकलन गरिए पनि सो तस्बिरको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’ जोमसोम(लोमान्थाङका कार्यालय प्रमुख एवं संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो ।
उनी उक्त प्रजातिको चरा ‘युरोपियन रोलर’ नै हो भन्ने विश्वस्त भए । चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका चरा विज्ञहरूलाई चराको विभिन्न तस्बिर पठाइयो । बेलायती चराविद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चराविद्हरू डा. हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्यलगायतले चरा ‘युरोपियन रोलर’ नै भएको र हालसम्म नेपालमा अभिलेख नभएको बताएका छन् ।
चरा अवलोकनमा रुचि राखेर नियमित चरा अवलोकन गर्ने गरेका एक्यापका कर्मचारी गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा उत्साहित बनाएको बताएका छन् । गुरुङ चरासम्बन्धी अवलोकनमा विशेष रुचि राख्ने गर्छन् ।
संरक्षण अधिकृत ऋषि बरालले अझै पनि नेपालमा नयाँ चराहरू भेटिनु थप अनुसन्धानको आवश्यकता रहेको औंल्याए । ‘नयाँ प्रजातिको चरा कसरी यो क्षेत्रमा आयो रु यिनको अवस्था कस्तो छ रु उनले भने, ‘यसका लागि थप अनुसन्धान गर्नैपर्ने हुन्छ ।’
वरिष्ठ चराविज्ञ डा. हेमसागर बरालले उपल्लो मुस्ताङमा भेटिएको चरा नयाँ प्रजातिको भएको दाबी गरे । ‘वास्तवमा यो चरा नेपालमा पाइन सक्छ भनेर यसमा रुचि राख्ने विज्ञहरूले तराई क्षेत्रमा निकै खोज गरे, अन्ततः चरा उपल्लो मुस्ताङमा पो भेटियो,’ उनले भने, ‘यो चरा नेपालमा पहिलो पटक अभिलेख भएको छ, यो चरा वयस्क चरा भने होइन ।’ थप नयाँ प्रजाति मुस्ताङमा भेटिएसँगै अन्नपूर्ण क्षेत्रमा पाइने चराको संख्या पाँच सय १९ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार