पाँच दशकदेखि कर्णालीमा कर्मचारी, ठेकेदार र बिचौलियाकाे चामलमा झेल
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार २२:५१:२१
रमेश रावल
११ असोज, सुर्खेत । कर्णालीमा पाँच दशकदेखि चामलको राजनीतिक चलिरहेको छ । ०३०–०३५ साल ‘पञ्चायतकाल’ देखि नै कर्णालीमा चामलको राजनीति जारी छ । पञ्चहरूले कर्णालीमा भोकमरी हुने भन्दै त्यसबेला हेलिकोप्टरमार्फत चामल ओर्सान थालेका हुन् । तर, उनीहरूले कर्णालीमा भोकमरीभन्दा भोट जोगाउने चिन्ताले यस्तो गरेका हुन् । पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो र शाखा कार्यालय नै स्थापना गरेर चामलको व्यापार गर्न थाले ।
कर्णालीमा चामल लैजाने नाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारी, ठेकेदार र बिचौलियाले चामलमा झेल गर्दै आएका छन् । यहाँ आउने अनुदानको चामल ‘राम्रो चामल’ अयन्त्र पठाएर कुहिएको चामल बिक्री गर्ने गरेका छन् । कार्यालयले बिषेशगरी दशैँ तिहारका बेला कर्णालीमा चामलको अभाव रहेको ‘प्रचार’ गर्दै कुहिएको चामल बिक्री वितरणका लागि पठाउने गरेको छ ।
आर्थिक वर्ष ०७७/०७८ को दशैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट मुगु जिल्लाका लागि चामल ढुवानीको जिम्मा पाएको दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा निर्माण सेवाले कम्पनीबाट उठाएको चामल भक्तपुर लैजान लागेका बेला प्रहरीले सुर्खेतको सुब्बाकुनाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित दुई सय ५० क्वीन्टल चामल जफत गरेको थियो ।
कम्पनीले दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा ढुवानी सेवाका सञ्चालक वासुदेव शर्मासँग मुगुको कालैमा तीन हजार क्वीन्टल, सोरुकोट, पुलु र कालिकोटको थिर्पुमा एक–एक हजार क्वीन्टल तथा दैलेखको चामुण्डा र ठाँटीकाँधमा पाँच–पाँच सय क्वीन्टल चामल ढुवानी गर्ने सम्झौता गरेको थियो ।
कम्पनीसँग १६ असोज ०७७ मा भएको सम्झौताअनुसार शर्माले कालैका लागि जापानी चामल एक हजार क्वीन्टल र अरुवा मोटा चामल एक सय क्वीन्टल उठाएका थिए । तर, उनीहरूले मुगु पठाउनु पर्ने चामल भक्तपुर पठाएका थिए । यो प्रकरणमा ठेकेदार कम्पनीका प्रतिनिधि त समातिए । उनी पछि धरौटीमा छुटेँ । त्यो पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको मिलेमतोमा नै ।
पहिलो पटक बास्मती चामल
कम्पनीले यसअघि कर्णालीका नौ जिल्लामा धनगढी, लहानलगायत स्थानबाट मोटा, अरुवा चामल पठाउँदै आएको थियो । तर, यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा २ हजार २ सय क्विन्टल बास्मती चामल पठायो । काठमाडौंबाट पहिलोपटक बास्मती चामल कर्णाली पठाएको हो । तर यो चामल खान योग्य नभएको पुष्टि भइसकेको छ ।
खाद्य कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले भने, ‘पहिलोपटक कर्णालीमा बास्मती चामल आए पनि विवादमुक्त भएन । यो चामल २० किलोको बोरामा छ ।’ उनका अनुसार सुर्खेत कार्यालयबाट हालसम्म एक सय १० रुपैयाँ प्रतिकिलोका दरले १५ क्विन्टल जति चामल बिक्री पनि भइसकेको छ ।
कर्मचारीकै मिलेमतोमा कर्णालीका कुहिएको चामल पठाएर सरकारले नागरिकको जीवनमाथि खेलबाड गरेको उपभोक्ता हित संरक्षण समितिका प्रदेश कोषाध्यक्ष विन्दुलाल रेग्मीले आरोप लगाए । ‘यो नागरिकको जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हो,’ उनले भने, ‘राज्यको जिम्मेवार निकायबाट नागरिकमाथि यस्तो खेलबाड गर्नु अपराध हो ।’
चामल गोदाममा शिल
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले किरा परेको र कुहिएको चामल रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाम सिल गरेको छ ।
डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले गोदाम अनुगमन गर्दा काठमाडौंबाट आएको १९ सय ९० क्वीन्टल बास्मती चामलमध्ये १५ क्वीन्टल बिक्री गरिसकेको पाएको बताए । बाँकी १९ सय ७५ क्वीन्टल चामल खाद्य कम्पनीको गोदाममा रहेको उनको भनाइ छ । उनले हाल गोदाममा रहेको सो बास्मती चामल बिक्री वितरण नगर्न सिल गरेको जानकारी दिए ।
ढुवानीसमेत झेल
खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ढुवानीको जिम्मा पाएका ठेकेदारहरूले डिपो तथा खाद्य कम्पनीको कार्यालयमा नपु¥याएर बाटोबाटै बिक्री गर्ने समेत गरेका छन् । कार्यालयका कर्मचारीसँगको मिलेमतो उनीहरूले बाटोमा चामल बिक्री गर्ने गरेका छन् ।
कर्णालीका सडक नपुगेका जिल्ला हुम्ला र डोल्पामा नेपालगन्ज र सुर्खेतबाट चामल ढुवानी गर्ने जिम्मेवारी वायुसेवा कम्पनीहरूलाई दिने गरेको छ । तर, चालु आर्थिक वर्ष ०७८/७९ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वायु सेवा कम्पनीलाई ढुवानीको जिम्मा नदिएर बिचौलिया प्रयोग गरेको छ ।
हुम्ला र डोल्पामा मात्रै हवाई मार्गमार्फत वार्षिक १५ करोड रुपैयाँको चामल ढुवानी हुने गर्छ । चालु आर्थिक वर्षमा चामल ढुवानीमा बिचौलिया ल्याएको वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीको आरोप छ । ‘विगतमा यो काम खाद्य कम्पनीले सिधै एयरलाइन्सलाई दिने गरेको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा विमान नै नभएको कम्पनीलाई चामल ढुवानीको जिम्मा दिइयो । यो जिम्मा बिचौलियाले लिए पनि बोक्न भने एयरलाइन्स नै प्रयोग गर्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज चीन जाँदै
मंसिर १७, २०८१ सोमबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार