लुम्बिनीका ६ मध्ये चार संसदीय समिति नेतृत्वविहीन, सदस्य बेकामे
नेपालबहस संवाददाता
असोज १२, २०७८ मंगलबार २१:२१:१९
१२ असोज, बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत ६ समितिमध्ये चार समिति लामो समयदेखि नेतृत्वविहीन भएका छन् । समितिमा सभापति रहेका केहीको सांसद पद गुमेपछि र कोही सरकारमा मन्त्री बनेपछि समिति नेतृत्वविहीन बनेका हुन् ।
अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति दधिराम न्यौपानेलाई नेकपा माओवादीले कारबाही गरेपछि उनी एमालेतिर लागेका छन् । पार्टीले उनलाई निलम्बन गरेपछि उनी नेतृत्वको समिति नेतृत्वविहीन बनेको छ ।
जनता समाजवादी पार्टीका सांसद विजयबहादुर यादव मन्त्री बनेपछि उनी नेतृत्वको कृषि, वन तथा वातावरण समिति पनि नेतृत्वविहीन बनेको छ । शंकर पोखरेल नेतृत्वको सरकारमा उनी कृषिमन्त्री थिए । सरकारमा सहभागी भएपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।
सार्वजनिक लेखा समितिका सभापति कांग्रेसका सांसद डिल्ली चौधरी २९ साउनमा बनेको कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भए । उनी मन्त्री बनेपछि प्रदेशसभा नियमावली, ०७४ अनुसार समितिको सभापति पद रिक्त छ ।
यस्तै एमालेका अर्का सांसद दीर्घनारायण पाण्डेयले १९ वैशाखमा प्रदेशसभा सदस्यबाट राजीनामा दिए । प्रदेशसभाबाट राजीनामा दिएका उनी गठबन्धनका तर्फबाट राष्ट्रियसभाको उपचुनाव जितेर राष्ट्रियसभा सदस्य बनेका छन् ।
समितिका सदस्य बेकामे बने
सभापति नै नभएपछि समितिहरू प्रायः निष्कृय बनेका छन् । नेतृत्वविहीन भएयता सामाजिक विकास समितिको बैठक एक पटकमात्रै बसेको छ । समितिकी सदस्य दिपा विकले समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बस्न सकिने भए पनि सदन निरन्तर चल्न नसक्दा समस्या भएको बताइन् ।
कृषि, वन तथा वातावरण समितिको बैठक सभापतिविहीन भएयता एकपटक पनि बसेको छैन । अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको हालत पनि उस्तै हो । सभापतिविहीन भएयता यी समितिहरुको बैठक एकपटक पनि बसेको छैन ।
प्रदेश सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन गठन गरिएका यस्ता समिति निष्कृय बनेपछि सरकारका काम कारबाहीको अनुगमन र मूल्यांकन रोकिएको छ । सार्वजनिक लेखा समितका सदस्य बैजनाथ कलवारले बैठक नै नबसेपछि नियमित अनुगमन र परामर्शका हुन नसकेको बताए । सदस्यहरू बेकामे जस्तै भएको उनले बताए ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र नियमित सदन चल्न नसक्दा संसदीय समितिका सभापति चयन ढिला भइरहेको बताए । मन्त्रिपरिषद्ले पूर्णता पाउने र संसदको गतिरोध हट्नेबित्तिकै सबै समितिको सभापति चयन हुने उनको भनाइ छ ।
समिति नेतृत्वविहीन हुँदा सरकार स्वेच्छाचारी हुन्छ : पाण्डे
वरिष्ठ अधिवक्ता महेन्द्र पाण्डेले संसदीय पद्धतिमा कार्यपालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन राख्न समितिहरू निरन्तर निष्कृय हुनुपर्ने बताउँछन् । समिति सक्रिय नहुँदा सरकार स्वेच्छाचारी बन्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार