तुलसीपुर मेट्रो अस्पतालमा ओपिडी सेवा सुरु
नेपालबहस संवाददाता
असोज १२, २०७८ मंगलबार २२:३:३८
१२ असोज, दाङ । तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको छ ।
नगरप्रमुख घनश्याम पाण्डेले सो सेवाको सोमबार उद्घाटन गर्दै कोरोना महामारीकाबीच सञ्चालनमा आएको यो अस्पतालले ओपिडी सेवा सुरु गर्न सफल भएको बताए । उनले भने, “यहाँका नागरिक, उद्योगी व्यवसायी र समाजसेवीको सहयोग तथा सहकार्यले उपमहानगरपालिकाले अस्पतालमा भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको छ ।”
नगरप्रमुख पाण्डेले तुलसीपुरका १९ वटै वडामा स्वास्थ्य संस्था र एम्बुलेन्स सञ्चालन गरेकाले स्वास्थ्य क्षेत्रमा केही फड्को मार्न सकिने बताए । उनले विगतमा गाउँ गाउँमा सुत्केरीको ज्यान जाने गरेको थियो, तर पछिल्लो दिनमा मातृमृत्यु दर शून्य रहेको र कही कतै सुत्केरी आमाको मृत्युभएको सुन्नमा नआएको बताए ।
तुलसीपुर नगरपालिकाको अश्वरामा सञ्चालनमा आएको सो अस्पतालका लागि समाजसेवी अभिषेकप्रताप शाहले आफना स्वर्गीय बुबा भीमसेन शाहको स्मृतिमा तीन कठ्ठा जग्गा निःशुल्क प्रदान गरेको छ । सोही जग्गामा उपमहानगरपालिकाले भीमसेन सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नामाकरण गरी तुलसीपुर मेट्रो अस्पताल सञ्चालनमा ल्याएको हो ।
अस्पतालको भौतिक पूर्वाधारका लागि यहाँका विभिन्न निका, सङ्घसंस्था तथा विदेशबाटसमेत यसअघि नगद तथा उपकरण सहयोग प्राप्त भएको छ ।
अस्पतालमा विशेषज्ञसहितको ओपिडी र आइपिडी सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, छाति कलेजो रोग विशेषज्ञ सेवा, अत्याधुनिक प्याथोलोजी सेवा, दैनिक कोरोना एनटिजेन टेष्ट तथा उपचार सेवा, इसिजी सेवा, फार्मेसी सेवा, फिजियोथेरापी सेवा, खोप सेवा, शल्यक्रिया सेवा र २४ सै घण्टा एम्बुलेन्स सेवा सुुचारु गरेको अस्पतालका प्रमुख डा प्रकाश साहुले जानकारी दिए ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेले स्वर्गीय बुबाआमाको सम्झानामा तुलसीपुर मेट्रो अस्पताललाई रु एक लाख एक हजार १०१ सहयोग गरेको छ । उनले स्वर्गीय बुबा टेकबहादुर पाण्डे र आमा अमृता पाण्डेको सम्झनामा तुलसीपुर मेट्रो अस्पतालका प्रमुख डा प्रकाश साहुलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
आफनो गाउँमा सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिक खुसी भएका छन् । पहिलो दिनमा हिजो दुई सय बढीले सेवा लिएको अस्पतालका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार