पर्यटन बोर्ड र डब्लुएचओका प्रतिनिधिबीच छलफल
नेपालबहस संवाददाता
असोज १२, २०७८ बुधबार ०:२९:३६
१२ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिसँग छलफल गरेको छ । कोभिड–१९ ले नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे कुराकानि भएको छ ।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीसँग डब्लुएचओका नेपाल प्रतिनिध डा. राजेश एस पाण्डवबीच आज पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्युएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
भेटमा डा. राजेश एस पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य सङ्गठनले सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे । “हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौँ । कोभिडको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ ।” पाण्डेयको भनाई उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामको लागि पनि डब्लुएचओको सहयोग रहने उनले बताएका थिए । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउनको लागि कुनै समस्या नरहेको जानकारी दिए । उनले पछिल्लो पटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजिकरण गर्न सरकार र पर्यन बोर्ड सदा तयार रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार