टिएमजेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन थाल्याे
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार १९:४:३५
प्रकाश पाक्साँवा
१३ असोज, तेह्रथुम । कोरोना भाइरस संक्रमणका कारण चौपट बनेको टिएमजेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने तिजजुरे–मिल्के–जलजले ‘टिएमजे’ क्षेत्र परिचित पर्यटकीय गन्तव्य हो ।
प्राकृतिक सुन्दरतासँगै गुराँसको राजधानीको रूपमा परिचित यो क्षेत्र कोरोनाका कारण पर्यटन व्यवसाय चौटप बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको नयाँ भेटियन्ट बढेपछि यस क्षेत्र सुनसान बनेको थियो ।
यो क्षेत्र समुन्द्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाइमा छ । कोरोनाका कारण चोलुङ पार्क, बसन्तपुर बजार, टुटेदेउराली पाथिभरा, तिनजुरे, चौकी मङ्गलबारे, सुकेपोखरी, पाँचपोखरीलगायतका डाँडाकाँडा र भौगोलिक सौन्दर्य हेर्न पर्यटकहरू आउने गरेको स्थानीय हिमराज कटुवालले बताए । यस क्षेत्रमा विशेष गरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि जेठसम्म लालीगुराँस हेर्न पर्यटक आउने गर्छन् ।
दुई वर्षयता कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय सुस्तरी लयमा फर्किन थालेपछि व्यवसायमा राहत पुग्ने आशा पलाएको होटल व्यावसायी रिता गुरुङले बताइन् । टिएमजे क्षेत्र पुगेपछि लालीगुराँसको संसारमा पुगेजस्तो अनुभूति हुने र माघको पहिलो सातादेखि वैशाख अन्तिम सातासम्म वनैभरि रातै फुलेको लालीगुराँससँगै यहाँ आउने पर्यटक रमाउने गर्छन् ।
अन्य सिजनमा आउने पर्यटकहरूमा कहिले हिउँको सेताम्यै भएका डाडाँपाखाहरूमा रमाइरहेका हुन्छ त कहिले हरियाली वनको काखमा रमाइरहेका देखिन्छन् । दैनिक दुई सयदेखि हजारको हाराहारीमा पर्यटक आउने गरेको लालिगुराँस नगरपालिका उपमेयर तिला पोख्रेलको भनाइ छ ।
विराटनगर, धरान, इटहरी र काठमाण्डौबाट समेत घुमफिर गर्न आउने गर्छन् । प्रायःजसो आन्तरिक र वाह्य पर्यटक लालीगुराँस हेर्न, हिमाली हिमश्रृखलाहरूमा रमाउन, फोटो खिच्न र सहर बजारको भिडबाट केही समयलाई ‘फ्रेस’ हुन यस क्षेत्रमा आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार