सहयात्रा नेपालद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार २०:४७:५१
१३ असोज, मङ्गलबारे । इलाम अस्पताललाई “सहयात्रा नेपाल’ नामक संस्थाले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । इलाममा रहेको संस्थाले मङ्गलबार एक कार्यक्रमबीच स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।
फे«ण्डस अफ युकेको आर्थिक सहयोगमा प्राप्त करिब पाँच लाख मूल्य बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हेमकुमारी शिवाले जानकारी दिए ।
कोरोना महामारी नियन्त्रण गर्न सहज होस् भनेर इलाम अस्पताललाई सो सामग्री उपलब्ध गराइएको अध्यक्ष शिवाको भनाइ छ । कोभिड– १९ महामारी नियन्त्रणमा सहयोग गर्न संस्थाले यसअघि पनि सहयोग गर्दै आएको बताइएको छ । विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको शिवाले बताए ।
सामग्री जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र संस्थाका प्रतिनिधिले इलाम अस्पतालका निमित्त प्रमुख डा विश्रुत सापकोटा, अस्पतालका व्यवस्थापक क्षितिज खतिवडालाई हस्तान्तरण गरेको थियो । समन्वय समिति इलामका प्रमुख बरालले प्राप्त सामग्री अस्पतालमा उपचार गर्न आउने नागरिकको लागि महत्वपूर्ण भएको बताए ।
अस्पतालका निमित्त प्रमुख डा सापकोटाले कोभिड महामारीको बेला र अन्य समयमासमेत बिरामीको उपचारमा प्राप्त उपकरण सदुपयोग गर्ने बताए ।
सहयात्राले यसअघि इलाम अस्पताललाई कोरोना परीक्षण र महामारी नियन्त्रणमा सहयोग पु¥याउन एन्टिजेन किट, मेसिन, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) लगायतका सामग्री उपलब्ध गराएको संस्थाका सविता पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार