नेपालगंजमा संचालन रहेको भाटभटेनीलाई दुई लाख जरिवाना
नेपालबहस संवाददाता
असोज १५, २०७८ शनिबार ०:६:४
१५ असोज, काठमाडौं । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
संयुक्त अनुगमन टोलीमा रहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका प्रमुख कृष्णप्रसाद पौड्यालले भाटभटेनी सुपरमार्केटले कुकुरलाई खुवाउने खानेकुरा ‘डग फुड्स’मा अत्यधिक मुनाफा लिनेगरी बिक्री वितरण गरेको पाइएकाले मूल्य समायोजन गरी बिक्री वितरण गर्ने चेतावनीसहित दुई लाख जरिमाना गरिएको बताए ।
उनले भने, ‘अनुगमनको क्रममा खरिद बिल र बिक्री बिलमा धेरै नै असमानता भेटिएकाले जरिवाना गरेका हौ । तोकिएको मूल्यभन्दा पनि अधिक मूल्यमा बिक्री वितरण गरेको भेटिएकाले पहिलो चरणमा दुई लाख रुपैयाँ जरिमाना गरेका छौँ । जरिमाना नतिरी ती वस्तुहरूमा पुन: मूल्य समायोजन नगरेर बिक्री गरे थप कारवाही गरिनेछ ।’
मंगलबार मात्र भाटभटेनी सुपरमार्केटमा मात्र बिक्री वितरणका लागि तयार गरिने बेकरी उद्योगमा संयुक्त अनुगमन समितिले अनुगमन गर्दा बेकरी उत्पादनका लागि प्रयोग हुने सबै कच्चा पदार्थ म्याद गुज्रिएको अवस्थामा पाइएकाले उद्योग सिज गरी भेटिएको सबै म्याद गुज्रिएका कच्चा पदार्थ नियन्त्रणमा लिई दुई लाख रुपैयाँ जरिमाना गरेको थियो ।
सोही टोलीले बिहीबार खजुरा बजारमा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुईवटा व्यापारिक फर्मलाई ७० हजार रुपैयाँ जरिमाना गरेको छ । लेवल नलगाइएका करिब ४०० बोरा चामल बिक्री वितरणमा रोक लगाइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब छ हजार रुपैयाा मूल्य बराबरको खाद्य सामग्रीसमेत नष्ट गरिएको छ ।
उनले अनुगमनका क्रममा पसलहरूमा मूल्य सूची नियमित रूपमा अद्यावधिक गर्न, उपभोक्ता झुक्याउने काम नगर्न र लेवल नभएका सामग्री खरिद-बिक्री नगर्न एवं बिल बिजक राख्न निर्देशन दिइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार