करिब दुई वर्षदेखि बन्द काउलेपानी होमस्टे घटस्थापनादेखि खुल्ने
नेपालबहस संवाददाता
असोज १८, २०७८ सोमबार १९:५५:४१
१८ असोज , लमजुङ । लमजुङको पर्यटकीय गाउँ काउलेपानीका होमस्टे दसैंमा खुल्ने भएका छन् । दुई बर्षदेखि बन्द रहेको काउलेपानी होमस्टे दशैं बिदा मनाउन आउने पर्यटकलाई लक्षित गरि खुल्न लागेको हो ।
काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङका अनुसार कोरोना संक्रमण जोखिम घट्दै गएकाले पर्यटक आगमन खुला गर्ने तयारी थालिएको हो । उनले भने, ‘ दशैंको घटस्थापनादेखि काउलेपानी होमस्टे पर्यटक खुला गरिनेछ । दुईदेखि तीन दिनसम्मको दसैं प्याकेज बनाउने तयारी छ ।’
प्राकृतिक मनोरममा दशैं मनाउनेहरूका लागि प्याकेजको व्यवस्था गरेको होमस्टेका सचिव जगत गुरुङले बताए । दशैं प्याकेजमा सरकारी कार्यालयका कर्मचारी, व्यापारीहरू आउने गर्छन् । ‘ दशैं प्याकेज’पछि ‘सामुदायिक प्याकेज’ पनि खुला गरिने उनले बताए । पर्यटकले २१ असोजबाट काउलेपानी पुगेर घुम्न र रमाउन पाउने छन् । यसबर्ष गाउँसहर कालिका मन्दिरमा पुजापाठ पनि खुला गरिने भएकाले होमस्टे खुला गर्ने नयारी भएको हो ।
समुद्री सतहदेखि एक हजार ६ सय ५० मिटर उचाईमा रहेको काउलेपानीमा बाहुन, क्षेत्री, गुरुङ, नेवार र भुजेलका २५ घर छन् । सन् २०११ मा काउलेपानीमा घरबास कार्यक्रम सुरु भएको हो । काउलेपानीका २५ घरधुरी मध्ये १५ घरमा होमस्टे छन् । काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल देख्न सकिन्छ । यहाँ शाहवंशीय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरवार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी अवलोकन गर्न सकिन्छ ।
होमस्टेमा स्थानीय खानालाई प्राथमिकता
काउलेपानीमा विशेषगरी स्थानीय परिकारलाई जोड दिने गरिएको छ । लमजुङ सदरमुकाम बेसीसहरबाट नजिकै रहेको काउलेपानी आउने पर्यटकले अन्य बेला पनि छुटसहितको प्याकेज पाउँदै आएका थिए । तर, कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको छ ।
काउलेपानीमा १२ महिना पर्यटकलाई तान्न सक्ने प्रशस्तै रमणीयस्थल र साँस्कृति परम्पराहरू छन् । यहाँ पुग्न लमजुङ सदरमुकाम वेसीसहरबाट गाडीमा करिब आठ किलोमीटर कच्ची बाटो यात्रा गर्नुपर्छ । यलि पैदलै यात्रा गर्ने हो भने डेढ घण्टामा पुग्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार