उपचारका लागि टिकट काट्ने पैसा थिएन, झाडापखालाले घरमै प्राण गयो
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार १३:४९:६
जानु पाण्डे
२० असोज, कपिलवस्तु । कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका ४८ वर्षीय रामप्रसाद केवट दिउँसो ४ बजे शौच गए । घरमा शौचालय नभएकाले उनी गाउँ नजिकैको खेतमा पुगेका थिए । चारपटकसम्म पातलो दिसा भयो ।
दैनिक ज्याला मजदुरी गर्ने केवटले त्यो दिन काम पाएका थिएनन् । काम नभएपछि उनी घरमै थिए । राति ९ बजेपछि उनको स्वास्थ्यमा झन थप समस्या आउन सुरु भयो । पातलो दिसासँगै बान्ता पनि भयो । झाडा बान्ताका कारण केवटले उपचार नपाइ ज्यान गुमाए ।
केवटको घरदेखि शिवराज अस्पतालको दूरी करिब ३ सय मिटर छ । कृष्णनगर नगरपालिकाबाट सञ्चालित अस्पतालमा उपचारका लागि धेरै खर्च पनि लाग्दैन । २० रुपैयाँमा इमरजेन्सी टिकट काटेर उपचार गर्न सकिन्थ्यो । तर, केवट परिवारसँग टिकट काट्ने पैसासमेत थिएन । पैसा नभएपछि केवटका पत्नी दुखनाले अस्पताल जाने आँटसम्म गरिनन् । रात ११ बजे उनले घरमै प्राण गुमाए ।
‘अस्पतालमा लाग्ने टिकट काट्न पैसा थिएन । पैसा नभएपछि उपचार गराउन जान सकिन । दाह संस्कार गर्नसमेत छिमेकी वमन सिंहले कफन किनेर दिएका हुन्,’ दुखना भन्छिन् , ‘घरमा अरू कसैलाई केही भएको छैन । ४ बजे समस्या देखिए पछि ९ बजे सम्म ठिकै हुनु हुन्थ्यो । झाडापखालाको कारणले आफ्नो पति गुमाउँछु भन्ने लागेको थिएन । टिकट काट्न २० रुपैयाँ भएको भए अस्पताल पुराउँथे होला । ’
अति विपन्न केवट एक पत्नी तीन छोरा र दुई छोरीसहित सानो झुप्रोमा बस्दै आएका थिए । इँटा माथि इँटा खप्टाएर त्रिपालको छानो भएको उनको घर छ । रामप्रसादको मृत्यु भएपछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
आर्थिक अवस्था अति न्यून भएको कारणले उनका छोराछोरीले स्कुल देखेनन् । भारत बस्दै आएका जेठा छोरो कोरोनाको कारणले रोजगारी गुमेपछि नेपाल बस्दै आएका छन् । माइलो छोरा तीन दिनदेखि स्थानीय प्लाई उद्योगमा काम गर्न लागेका छन् । कान्छी छोरीले घरमा पालेका बाख्रा चराउने काम गर्थिन् । तर केही महिना अघि पाँचवटै बाख्रा मरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार