ईपीएल क्रिकेट : भैरहवाले फाइनल प्रवेशका लागि पोखरासँग खेल्ने
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार २३:३६:८
२० असोज, काठमाडौं । भैरहवा ग्लाडियर्टसले एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि पोखरा राईनोजसँग खेल्ने भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गरेसँगै भैरहवाले पोखरासँगको भेट पक्का गरेको हो ।
विहान भएको पहिलो क्वालिफायरमा पोखरा चितवन टाईगर्ससँग ९ विकेटले पराजित हुँदा इलिमिनेटरमार्फत फाइनल पुग्ने मौका पाएको थियो । १८८ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको काठमाडौं २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रनमा रोकिएपछि भैरहवा १६ रनले विजयी भएको हो ।
काठमाडौंको लागि ओपनिङ ब्याटर असान प्रियन्जन सर्वाधिक ६८ रन बनाए । ४८ बल खेलेका असानले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै जनक प्रकाशले २८, अमित श्रेष्ठले १९, विकेट किपर राजु रिजालले १० रनको योगदान गर्दा कप्तान सन्दीप लामिछानेले ६ रन बनाए । भैरहवाको दुर्गेस गुप्ताले सर्वाधिक २ विकेट लिए । यस्तै धमिका प्रसाद, कुशल मल्ल, कृष्ण कार्की र आरिफ शेषले समान १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रन बनाए । सर्वाधिक चाडो अर्धशतक बनाउने खेलाडीको कीर्तिमानबाट चुकेका शरदले बिष्फोटक ब्याटिङ गर्दै २० बलमा ७ चौका र ३ छक्का हिर्काएका थिए । भैरहवाको लागि प्रदीप ऐरीले ३९, कुशल मल्लले ३२ तथा मोहमद आरिफ शेखले १५ रनको योगदान गरे ।
टस हारेर बलिङ गरेको काठमाडौंको लागि कप्तान सन्दीप लामिछाने र असान प्रियन्जनले सर्वाधिक २र२ विकेट लिए । अन्तिम ओभरमा कप्तान सन्दीपले ३ रन खर्चेर २ विकेट लिएका थिए । सोही ओभरमा एक रनआउट पनि भएको थियो । यस्तै जितेन्द्र मुखिया, शेर मल्ल र जनक प्रकाशले समान १ विकेट लिए ।
भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् । यो खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग भोलि फाइनल प्रवेशका लागि खेल्ने छ । विहान भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार