बिरुवा र पुतली बजार कांग्रेसले भन्यो: चाडवाडका बेला ग्रामीण क्षेत्रका सडक छिटो मर्मत गर्न स्थानीय सरकारलाई आग्रह
नेपालबहस संवाददाता
असोज २१, २०७८ बिहिबार १७:४५:२०
२१ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट स्थानीय पालिकाहरुमा नयाँ नेतृत्व चयन भएसँगै संगठनलाई चलायमान बनाउने क्रम शुरु भएको छ । आआफ्ना पालिकाहरुमा देखिएका विकास निमार्णका समस्या तथा स्थानीय सरकारले गरेका भ्रष्ट्राचार र विकृति विसंगतिका बारेमा नयाँ कार्य समितिले चासो र चिन्ता देखाउन थालेका छन् ।
यसै क्रममा बिरुवा गाँउ कार्य समिति र पुलतीबजार नगर कार्य समितिले चाडवाड नजिकिएसँगै ग्रामीण क्षेत्रका सडकहरु सहज बनाउन स्थानीय सरकारसँग माग गरेको छ ।नेपाली कांग्रेस बिरुवा गाँउ कार्य समितिका नवनिर्वाचित सभापति डोलराज पोखरेल र पुलतीबजार नगर सभापति सुरजकुमार अधिकारीले दशैतिहार मनाउन गाँउ फर्केने नागरिकलाई यात्रामा सहज बनाउन माग गर्दै स्थानीय पालिकाहरुलाई अनुरोध गरेका छन् ।
बर्षादले ग्रामीण क्षेत्रका सडकहरु अवरुद्धदेखि जीर्ण अबस्थामा पुगेकाले सडकलाई सहज बनाउन कांग्रेसले स्थानीय सरकारलाई आग्रह गरेको हो । पुतलीबजार नगरपालिका र बिरुवा गाँउपालिकाका प्रमुखलाई दुवै पालिकाका कांग्रेस पार्टी सभापतिले ज्ञापनपत्र बुझाउँदै चाडवाडमा नागरिकलाई सहजपुर्ण रुपमा यात्रा गर्ने वातावरण मिलाउन आग्रह गरेका हुन् ।
पुलतीबजार नगर सभापति सुरजकुमार अधिकारी र बिरुवा गाँउपलिका सभापति डोलराज पोखरेलले छुट्टाछुट्टै प्रेस बिज्ञप्ती जारी गरि बर्षादले गर्दा ग्रामीण सडकहरुमा सवारी आवागमनमा कठिनाई देखिएकाले अविलम्व छिटो सडक मर्मत गरी सहजता प्रदान गर्न आग्रह गरेका छन् । दशैतिहारमा गाँउ फकेर्ने मानिसको चाप बढ्छ, विरुवा गाँउपालिका सभापति पोख्रेलले भने, जीर्ण सडकमा यात्रुको सवारी चाप बढ्ने हुदाँ दुर्घट्ना हुन नदिन ध्यानाकर्षण गरेका हौं । नागरिकको यात्रालाई सहजता र चाडवाडका बेला दुर्घट्ना नहोस भनेर स्थानीय सरकारलाई चासो देखाउन भनेका हाैं, उनले भने ।
अधिकांश सडक खाल्डाखुल्डी परेर यात्रामा असहजता पैदा भएकाले छिटो सडक मर्मत गर्न उनीहरुले विज्ञप्तीमार्फत आग्रह गरिएको छ । यस कार्यमा हातेमालो गर्न कांग्रेस पार्टी तयार रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमार्फत सबै पालिकाबासीलाई संस्कृति र संस्कारको जर्गेना गर्ने पर्वलाई हर्सोल्लासका रुपमा मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरिएको छ ।
यता पुतलीबजार नगर सभापति अधिकारीले पनि ग्रामीण क्षेत्रका सडकलाई ममर्त गरि यातायातमा सहजता प्रदान गर्न पुतलीबजार नगरपालिकालाई आग्रह गरेको छ । दुबै सभापतिले स्थानीय सरकारका प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै दुवै सरकारका प्रतिनिधिले छिटो भन्दा छिटो ग्रामीण सडकलाई सहजता बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार