देउवा प्रधामन्त्री बनेपछि पहिलो पटक लगानी बोर्डको बैठक बस्दै
नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार १७:३७:७
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि लगानी बोर्डको पहिलो पटक आज बैठक बस्ने भएको छ । बोर्डको ४८औं बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ ।
प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ । बोर्डका सह–प्रवक्ता रमेश अधिकारीका अनुसार आजको बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिलगायतका एजण्डा छन् ।
दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका एजेण्डा बैठकमा प्रस्तुत हुने अधिकारीले जानकारी दिए ।
बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्ने छ । त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आज यी ठाउँहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार