चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि, फाइनलमा कोलकाता पराजित
नेपालबहस संवाददाता
असोज ३०, २०७८ शनिबार १४:१७:४९
३० असोज, काठमाडौं । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो । चेन्नई यसअघि २०१०, ०११ र ०१८ मा विजेता बनेको थियो ।
दुबई इन्टरनेशनल स्टेडियममा टस गुमाएर ब्याटिङको निम्तो पाएको चेन्नईले ३ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन जोडे । मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ रन जोडे ।
१९३ रनको लक्ष्य पछ्याएको कोलकाता ९ विकेटको क्षतिमा १६५ रनमा समेटियो । २७ रनले उपाधि गुमायो । कोलकाताले राम्रो सुरुवात गरे पनि मध्यतिर लय गुमायो । कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ५१ रन बनाए । वेंकटेश अय्यर ५० र शिभम माभी २० रनमा समेटिए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।
प्रतियोगितामा चेन्नईका युवा ओपनर रुतुराज गायकवाडले यो सीजनमा ओरेन्ज क्याप जिते । उनी सबैभन्दा कम उमेरमा ओरेन्ज क्याप जित्ने खेलाडी बने । रुतुराजले १६ खेलमा ४५।३६ को औसतका साथ ६३५ रन बनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार