हिमाली भेगमा यसरी हुँदैछ उँचाई छायांकन
नेपालबहस संवाददाता
कात्तिक १, २०७८ सोमबार १६:४९:९
१ कार्तिक , काठमाडौं । गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उँचाईको छायांकन भईरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला , नाम्चे , मनाङलगायतका रमणीय दृश्यमा छायांकन गरिरहेको फिल्मको एक तस्विर न्युज कारखानालाई प्राप्त भएको छ । प्राप्त तस्वीरमा फिल्मका लिड कलाकारहरु छायांकन गरिरहेका छन् ।
मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन , डेनी डेन्जोङ्पा, अनुपम खेर , बोमन इरानी , परिणीति चोपडा लगायतको अभिनय रहेको छ । यद्दपी नेपालमा अमिताभ बच्चन आएका छैनन् । स्वास्थ्यले साथ् नदिएका कारणले उनी आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताए । , पछिल्लो समय अमिताभ कौन बनेगा करोडपति नामक टिभी शोमासमेत व्यस्त छन् ।
प्राप्त तस्वीरमा अमिताभको डुब्लिकेटसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन् । ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले गरिरहेका छन् ।
बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भईरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनि थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहेका छन्। हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार