गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्ने
नेपालबहस संवाददाता
कात्तिक १, २०७८ सोमबार १९:२३:५२
१ कार्तिक, रसुवा । रसुवाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन गरिएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो । अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो ।
डुंगामा तालको छेउ, कुना, बीच सबै भागको गहिराई नापेको अनुसन्धानकर्ता न्यौपानेले बताए । ‘गोसाईकुण्ड र भैरबकुण्डको सबै कुना, मध्य भागमा ट्रान्जेक्ट राखेर, कुण्डको सबै क्षेत्र कभर गर्ने गरी नापेका छौं, उनले भने, ‘डुंगा चलाएर गहिराई नापेका छौँ ।’
नयाँ प्रविधि ‘डेप्थ साउन्डर’ मेसिनको प्रयोग गरि गहिराई नापेको उनले बताए । ‘यो मेसिनले अल्फा फोनिक साउन्ड निकाल्छ । यो मानिसले सुन्न सक्दैन्, त्यो साउन्ड पानीको सतह छुवाइदिएपछि साउन्ड पानीभित्र फाल्छ, जमिनमा ठोक्किएपछि फिर्ता पठाउँछ, हामीले प्रयोग गरेको एडभान्स टेक्नोलोजी हो,’ उनले भने ।
गोसाइँकुण्डमा ७२ स्थानबाट र भैरबकुण्डमा ७० स्थानबाट गहिराई नापेको उनको बताए । कुण्डको गहिराई नापे पनि यसको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए । ‘अहिले हामीसँग ‘र’ डाटा छ, तर त्यो चाहीँ हामीले जिआइएसमा राखेर प्रोफेस गर्नुपर्छ, यो डाटा प्रोफेस गरेपछि मात्र त्यसको गहिराई कति भन्ने आउँछ,’ उनले भने, ‘प्रोफेस नगरेसम्म ‘र’ डाटाको आधारमा भन्न सकेनौ,’ उनले भने, दसैं सकिए लगत्तै डाटा प्रोफेस सुरु गर्छौ ।’ डिसेम्बरभित्र एकेडेमीलाई प्रतिवेदन बुझाउनु पर्ने उनले बताए । एक महिनाभित्रै फाइनल प्रतिवेदन तयार पार्ने उनको भनाइ छ ।
कुण्डको पानीमा क्षारको मात्रा बढी
कुण्डको गहिराईको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि परीक्षण गरेको छ । गोसाइँकुण्डको पानीको मुहान त्रिशुलधाराबाट आएको ठाउँ, माथिको कुण्ड तथा तालहरूबाट आएको क्षेत्र, गोसाइँकुण्डको बीच भाग, गोसाइँकुण्डको मन्दिरतर्फको क्षेत्र, गोसाइँकुण्डबाट पानी निस्कने क्षेत्रमा पानीको गुणस्तर पनि नापेको न्यौपानेले बताए ।
गोसाइँकुण्ड र भैरबकुण्डको पानीमा क्षारको मात्रा बढी पाएको उनले बताए । ‘हामीले पानीको नमुना लिएर परीक्षण गरेका थियौ, परीक्षणमा क्षारको मात्रा बढी रहेको पायौं, त्यहाँको पानी सबै अल्कालाइन नै छ, अम्लिय छैन्’ उनले भने, ‘तर मानिसहरूले नुहाउनुहुन्छ, कतिपयले नुहाउँदा प्रयोग गरेका कपडा त्यहि छोड्नुहुँदो रहेछ, नुहाउँदा कसैकसैले स्याम्पु, साबुन, प्रयोग गर्नुहुँदो रहेछ, त्यो कारणले अलि बढी क्षारको मात्रा छ, त्यही पानी बगेर भैरबकुण्डमा जाने भएकाले भैरबकुण्डमा पनि क्षारको मात्रा रहेको पाइएको छ ।’
यस्तै, उनले गोसाईकुण्डमा फोहोर व्यवस्थापनमा पनि जोड दिएका छन् । गोसाइँकुण्डबाट सदरमुकाम धुन्चे नजिकै रहेको घट्टे खोलामा साना ठुला गरि २१ वटा तालको पानी आउने गरेको उनले बताए । ‘हामीले यसपटक क्याफमेन्ट लेबलको अध्ययन गर्न खोजेको हो, घट्टेखोलामा पानी आउने सबै तालको अध्ययन गर्न खोजेको हो, त्यसमध्ये दुईवटा ठुला तालको विस्तृत अध्ययन गरेको हो,’ उनले भने । टोलीले गोसाइँकुण्डभन्दा माथिका अन्य १६ वटा कुण्डको जिपिएस लोकेसन पनि लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार