कनेक्ट आइपीएसबाट १० दिनमा ९ अर्ब बढीको कारोबार
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार २२:१८:२८
२ कार्तिक, काठमाडौं । विद्युतिय भुक्तानी प्रयोगको बृद्धीसँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य बृद्धी भएको छ । घटस्थापना (आश्विन २१) देखि एकादशी (आश्विन ३०) सम्ममा उक्त प्रणाली मार्फत ने. रु. ९.२ अर्ब बराबरको कारोबार भएको बजार एवं जनसम्पर्क अधिकृत प्रिती झाले जानकारी दिइन् । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७% ले बृद्धी भएको उनले जानकारी दिइन् ।
दशैँको समयमा नगदको कारोबार निकै हुने र नेपाली संस्कृतीसँग जोडिएकोले नगदको कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि हाल बैंक वित्तिय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुको पहलमा चाड पर्वमा समेत विद्युतिय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ ।
कनेक्टआइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् । कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एक पल्ट लिन्क गर्नु पर्ने हुन्छ भने मोबाईल बैंकिङ्ग मार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधै गर्न सकिने व्यवस्था रहेको छ ।
साथै चाड पर्वको समयमा मोबाईलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क आश्विन २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरिएको उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार