दुई वर्षदेखि कालीगण्डकीमा ¥याफ्टिङ ठप्प
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार २१:५२:५७
लक्ष्मीप्रसाद सापकोटा
१४ कार्तिक, पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण पवित्र कालीगण्डकी नदीमा जलयात्रा ‘¥याफ्टिङ’ ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो ।
योे जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना सङ्क्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीले बताएका छन् । कालीगण्डकीमा अङ्ग्रेजी महिनाको सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यसवर्ष जलयात्रा ९¥याफ्टिङ०का लागि पर्यटक नआएको कालीगण्डकी ¥याफ्टिङ कम्पनीका सञ्चालक होम पुनले जानकारी दिए ।
उनका अनुसार गत वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या शून्यजस्तै भएको छ । अहिले केही आन्तरिक पर्यटकले जलयात्रा गर्नका लागि बुकिङ गरे पनि एक÷दुई दिनका लागि मात्र भएको उनको भनाइ छ ।
विदेशी पर्यटक नेपाल भित्रिन नसकेकाले जलयात्रा ठप्प जस्तै बेनेको उनको भनाइ छ । कोरोना संक्रमण न्यूनीकरण हुँदै गएको र अधिकांश मुलुकमा खोपसमेत विस्तार भइसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिए पनि कुनै देशका पर्यटक नआएको पुनले बताए ।
सलोन ¥याफ्टिङ एण्ड ट्रेकिङ एक्सपिडेसन कम्पनी काठमाडौंका प्रबन्ध निर्देशक देव रेग्मीले विदेशबाट जम्मा ५-७ प्रतिशत मात्र पर्यटक भित्रिएकाले ¥याफ्टिङ व्यवसाय चौपट बनेको बताए। पछिल्लो समय भित्रिएका पर्यटकमध्ये अधिकांस टे«किङमा रहेको र उनीहरु काठमाडौं फर्किसकेपछि ¥याफ्िटङको एउटा प्याकेज बनाउने तयारीमा रहेको उनले जानकारी दिए।
विगत दुई वर्षअघि लामोसमय वर्षा भएकाले एक÷दुई साता मात्र जलयात्राका प्याकेज सञ्चालन भएका थिए, अहिले कोरोनाले ठप्प जस्तै बनेको उनको भनाइ छ । पर्यटकको सङ्ख्या वृद्धि नभएसम्म कोरोना अघिको जस्तो जलयात्रामा पर्यटकको आकर्षण बढाउन मुस्किल हुने रेग्मीले जानकारी दिए।
छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक सिजनमा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए । कोरोनाले अग्रिम बुकिङ गर्ने, ¥याफ्टिङ र ट्रेकिङ दुवैमा जाने पर्यटक शून्य जस्तै भएका छन् । रेग्मीले भने, “कालीगण्डकी नदीमा १० भन्दा धेरै कम्पनीले ¥याफटिङ सञ्चालन गर्दै आएका थिए ।”
कुश्मा नगरपालिका– १ पाङस्थित नयाँ पुल तथा मालढुङ्गादेखि सुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ ।
कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियनमूलुक र अमेरिकी पर्यटकको रोजाइँमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।
नयाँ पुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिकास्थित बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटक यात्रा तय गर्ने गर्दछन् । यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुस्माको आर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाईड नवीन केसीले बताए। जलयात्राका लागि विदेशी र स्वदेशी पर्यटकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार