निर्माण कम्पनीको लापरबाहीले स्वास्थ्य चौकीको भवन अलपत्र
नेपालबहस संवाददाता
कात्तिक १८, २०७८ बिहिबार २१:२२:१०
१८ कार्तिक, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको स्थानीयवासी भीम छन्त्यालले बताए ।
“ठेकेदारकै कारण यो भवन बन्न सकेको छैन । दुई वर्ष अघिनै बनिसक्नुपर्ने हो,” उनले भने “अहिले जीर्ण अवस्थाको भवनबाट सेवा लिन परेको छ । भवन बनेको भए नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने थियो ।”अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित दुई तले १४ कोठे भवनमा बिरामीको उपचारका लागि श्यया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्ष रहने गरी ठेक्का सम्झौता भएको थियो ।
भवन छाउने, रङगरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबार लगायतका काम बाँकी छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट भवन निर्माण गर्न प्रतिस्पर्धामार्फत वोल्ड वाइड मालीका भगवती जेभीले विसं २०७४ मा रु एक करोड ७४ लाखमा ठेक्का सम्झौता गरेको थियो । गत वैशाख महिनादेखि निर्माण व्यवसायीले काम गरेका छैनन् । मौखिक रुपमा पटकपटक ताकेता गरिएको भएपनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत जीर्ण र पुरानो हुँदै गएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए ।
“पूर्वाधार अभावमा स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको छ,” उनले भने, “पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्य चौकी सञ्चालन गर्न समस्या भएको हो ।” स्वास्थ्य चौकीका अहेब लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताए । “कच्ची भवनका कोठा साँघुरा छन्”, उनले भने, “बर्खामा पानी चुहिने जीर्ण भवनमा दुःखकष्टका साथ सेवा दिएका छौं ।” करिब २५० घरधुरीले सेवा लिने स्वास्थ्य चौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ । छानोबाट पानी चुहिन्छ ।
प्रसूति गराउने, बिरामीको स्वास्थ्य परीक्षण र घाउ, चोटपटक सफा गर्ने ठाउँ साँघुरो छ । सिङ्गो स्वास्थ्य चौकी तीन वटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको अहेब गौतमले बताए । एउटा कोठामा प्रशासन र बिरामीको उपचार गर्ने कक्ष राखिएको छ । एउटामा औषधि भण्डारण र अर्कोमा प्रसूति कक्ष राखिएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् ।
यस स्वास्थ्य चौकीका दैनिक १० जनाको अनुपातमा सेवाग्राही आउने गर्छन् । विभिन्न तहका ६ जनाको दरबन्दी भएको स्वास्थ्य चौकीमा हाल कार्यरत तीनमध्ये एक जना मासिका बाहेक अरु दुई जना करारका हुन् ।
स्थानीय सहायक ठेकेदारले अधकल्चो बनाएर करिब एक वर्ष रोकिएको भवन निर्माणकार्य आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्माण ब्यवसायी गोपाल भट्टचनले प्रतिबद्धता जनाए । उनले भने “अहिले बर्खाको कारणले सामान लैजान नसकेर रोकिएको हो । बर्खा रोकिएपछि काम सुचारु हुन्छ । चैतसम्म म्याद थपिएको छ । त्यसबेला सम्म निर्माण भैसक्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार