मानेभन्ज्याङमा सुख्खा पहिरो : बस्ती जोखिममा, दूधकोसी थुनिँदै
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ बुधबार ३:३६:२४
२३ कार्तिक, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ स्थित दुधकोसी करिडोर सडक खण्डमा गएको सुख्खा पहिरोले दूधकोसी थुनिएर बस्ती नै जोखिममा परेको छ ।
उँबुको चुने भन्ने ठाउँ नजिकै २० दिन पहिले सुख्खा पहिरो जान सुरु भएको हो । दशैंमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको स्थानीयले बताए । उक्त पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।
एक साताअघिसम्म भीषण रूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । पहिरोबाट झरेको ढुंगा-माटो सिधै दूधकोसी नदीमा खसेका कारण नदीको पानीको बहावसमेत केही मात्रामा रोकेको छ । दूधकोसी करिडोरअन्तर्गत जयरामघाट-मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको स्थानीयको भनाइ छ । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुल गाउँसम्मै आइपुग्ने गरेको स्थानीय कल्याण राईले बताए ।
स्थानीयका अनुसार पहिरोका कारण मानेभन्ज्याङ गाउँपालिका-६ मा पर्ने रिब्दोम गाउँका करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीय र केटाकेटीहरू विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिरोको शिरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य छन् ।
पहिरोबाट झरेको ढुंगा-माटोले दूधकोसी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यस ठाउँमा पहिले पहिरो नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको स्थानीयको अनुमान छ ।
पहिरोबारे स्थानीय सरकारले बेवास्ता गरेको सरोकारवालाको गुनासो छ । स्थानीय विपद् व्यवस्थापन समितिमा यसबारे छलफलसमेत नभएको र जिल्लाको समितिले समेत पहिरोको जोखिमबारे चासो नदिएको पहिरो प्रभावितको गुनासो छ ।
पहिरोको जोखिमबारे सोध्दा मानेभन्ज्याङ-३ उँबुका अध्यक्ष मेडल राईले पहिरोबारे आफूले सुनेको बताए । उनले भने, ‘यसबारे जानकारी आएको छ, म पुग्न सकेको छैन । फेसबुकमा आएका तस्बीर हेर्दा दूधकोसीको धार नै परिवर्तन भएको छ ।’ उनले यसबारे अध्ययन गर्ने बताए पनि पहिरो नियन्त्रणबाहिर गएको जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार