जुम्लामा भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि तातोपानी गाउँपालिकालाई
नेपालबहस संवाददाता
कात्तिक २७, २०७८ आइतबार १:४८:४८
दिलमाया शाही
२७ कार्तिक, जुम्ला । जुम्लामा यही २५ गतेदेखि सुरु भएको जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सकिएको छ । महिलातर्फको उपाधि तातोपानी गाउँपालिकाको टिमले जितेको छ । उक्त प्रतियोगितामा महिलातर्फ बाट चार टिमको सहभागिता रहेको थियो । महिलातर्फबाट द्वितीय गुठीचौर गाउँपालिकाको टिम भएको छ ।
त्यस्तै पुरुषतर्फ पातारासी गाउँपालिकाको टिमले हात पारेको छ । गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ त्रिभुवन मावि झारज्वलामा जिल्ला स्तरीय तीन दिने भलिबल प्रतियोगिता भएको थियो । पुरुषतर्फ तिला गाउँपालिका द्वितीय भएको छ । मुख्यमन्त्री कपका लागि जिल्लामा महिला र पुरुषको टोली छनोट गरिएको थियो ।
पुरुष भलिबलमा पातारासी गाउँपालिकाले जिते पनि मुख्यमन्त्री कपमा ६ वटै पालिकाबाट खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जुम्लाले जनाएको छ । प्रथम हुने टिमले ५० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
द्वितीय टिमले ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगीता आचार्यले बताइन् । खेलका सर्वोत्कृष्ट पुरुषतर्फका खेलाडी पातारासीका हर्क बुढा र महिलातर्फकी तातोपानी गाउँपालिकाकी देवकी देवकोटालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
हत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समिति गठनबारे सभामुखले आज पनि सकेनन् सहमति जुटाउन
बैशाख ३०, २०८१ आइतबार