भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु
नेपालबहस संवाददाता
कात्तिक २९, २०७८ सोमबार १८:१९:४१
२९ कार्तिक, चितवन । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ । आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो ।
चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ वटा क्लबले आर्थिक संकलन गरी सेन्टर निर्माण गर्न लागेका हुन । निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार रु ६ करोडमा सेन्टर निर्माण गर्ने तयारी गरिएको छ । सुरुमा २५ शय्या र पछि ५० शय्या बनाइने उनले जानकारी दिए । रोटरी क्लबसँगै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग सहयोग सङ्कलन गरिने चुकेले जानकारी दिए ।
रोटरी क्लब अफ चितवन रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिडटाउन, गैँडाकोट, पूर्वी चितवन, कावासोती र जावलाखेलको संयुक्त परियोजनाको रुपमा सेन्टर अघि बढाइएको हो । रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जनक पौडेलले निर्माण सम्पन्न भएसँगै भरतपुर अस्पताललाई हस्तान्तरण गरिने बताए । एक वर्षभित्रमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
मेरुदण्डका बिरामी राखिने भएकाले भूइँ तला मात्र बनाइने छ । अस्पताललाई हस्तान्तरणपछि पनि आवश्यक सहयोग रोटरीले गर्ने पौडेलको भनाइ छ । भरतपुर अस्पतालमा यसअघि नै विसं २०६९ असार १ गतेबाट स्पाइनल सेन्टर सञ्चालन गरिएको थियो । हाल १० शय्याको सो सेन्टर कोभिडका कारण अन्य विभागमा गाभेर सञ्चालन गरिएको छ ।
भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा।डा। कृष्ण प्रसाद पौडेल स्पाइनल उपचारको विज्ञ समेत हुन् ।
अस्पतालको पाँच कठ्ठा जमिनमा सेन्टर निर्माण थालिएको हो । यसले स्पाइनलमा समस्या भएका बिरामीको उपचारमा सघाउ पुग्ने पौडेलको भनाइ छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार निर्माणपछि यसको सञ्चालन विकास समितिलेनै गर्ने छ । सेन्टर पूर्ण रुपमा निर्माण गरी उपकरणसहित जडान गरेर रोटरीले अस्पताललाई हस्तान्तरण गर्ने उनले जानकारी दिए ।
सेन्टरलाई उपचारसँगै पुनःस्थापना केन्द्रको रुपमा विकास गरिने छ । मेरुदण्डका बिरामीमा अन्य समस्या भएमा अस्पतालमानै उपचार गर्न सकिने भएकाले यो सेन्टर निकै प्रभावकारी हुने अधिकारीको भनाइ छ । सरकार आफैले गर्नुपर्ने काममा रोटरीको अगुवाइमा हुन लागेको भन्दै उनले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार