नेपाल बन्द : ‘काठमाडौंको बस भाडा साढे चार सय होइन, आठ सय पर्छ’
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार १३:१:४७
कुलप्रसाद काफ्ले
३० कार्तिक, चितवन । काठमाडौंमा आफन्तको निधन भएपछि रत्ननगर टाँडीका सरोज अधिकारीलाई सोमबार नै काठमाडौं जानुपर्ने भयो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेकाले काठमाडौं जाने गाडी एकदमै कम भेटिएका थिए । नारायणगढ पुलचोक पुगेपछि धेरै गाडी भेटिने आशमा उनी सोमबार साँझ बुटवल जाने गाडी चढेर पुलचोक ओर्लिए ।
पुलचोकमा पनि उनले सोचेँ जसरी काठमाडौं जाने गाडी आएका थिएनन् । राति ८ बजेसम्म गाडी कुर्दा पनि गाडी नआएपछि उनी टोलाएर बसेका थिए । त्यत्तिकैमा एक जना व्यक्ति आएर काठमाडौं जाने ट्याक्सी तयार रहेको बताए । उनी ट्याक्सी चढे । ट्याक्सीमा अरु यात्रु पनि थिए । ट्याक्सी चालकले एक हजार भाडा लाग्ने बताए ।
बीच बाटोमा पुगेर अलपत्र परेका उनले एक हजार रुपैयाँ भाडा तिर्ने सहमति भयो । तर, ट्याक्सी चालकले मादक पदार्थ सेवन गरेका रहेछन् । अल्लि पर पुगेपछि ट्याक्सीबाट ओर्लेर उनी पुनः पुलचोकमै पुगे ।
‘आफन्त बितेर जानै पर्ने भएर यहाँसम्म आइयो । मंगलबार बन्द रहेछ । गाडी पाउनै सकिएन,’ उनले गुनासो गरे, ‘जति भाडा मागे पनि तिर्छु भनेर चढेको थिए । ड्राइभरले त रक्सी पो धोकेको रैछ । उ !! पर पुगेर झरेर आएँ ।’
करिब आधा घण्टा कुरेपछि ग१ख ९११२ नम्बरको बस आइपुग्यो । काठमाडौं जानका लागि पुलचोक पुगेर गाडी कुर्नेको भिड थियो । गाडीले ‘काठमाडौं काठमाडौं’ जाने भनेपछि यात्रु गाडीको पछि दगुरे । गाडीका साहुले आठ सय रुपैयाँ भाडा लाग्ने बताए ।
मंगलबार काठमाडौं नपुगि नहुने सरोज जस्ता केहि यात्रु आठ सय रुपैयाँ भाडा भने पनि गाडीको सिटमा गएर बसे । नारायणगढदेखि काठमाडौंको वास्तविक बस भाडा साढे चार सय रुपैयाँ हो । भाडा महँगो मानेका केही यात्रुले भने ‘किन यति धेरै महंगो ?’ भनेर गाडी सहचालकलाई प्रश्न गरे ।
वैदेशिक रोजगारीमा जानु पूर्वतालिम लिन काठमाडौं जान लागेका भरतपुर महानगरपालिका–९ का दिनेश रेग्मीले मंगलबार बन्द भन्दैमा बढी भाडा असुल्न पाइन्छ ? भन्दै प्रश्न गरे । सहचालकले भने काठमाडौंको वास्तविक भाडा पाँच सय भए पनि बाध्यतामा पर्ने यात्रु जसरी पनि आठ सय रुपैयाँ तिरेर जाने खुलाए ।
‘भोलि बन्द छ । जानै पर्छ । अफिसतिर जानुपर्ने मान्छे झन् जानैपर्छ । नेपाल बन्द भए पनि अफिस त पुग्नै पर्यो,’ उनले भने, ‘पाँच सयमा त हुँदैन । भोलि बन्द छ । आठ सय नै हो भाडा ।’ पाँच सय रुपैयाँमा मिलाउन आग्रह गर्दा पनि गाडीवालाले भाडा नमिलाएको रेग्मीले गुनासो गरे ।
‘गाडी नै नपाइने । पाए पनि अचाक्ली महँगो । त्यहि भएर अर्को दिन जानुपर्ला भनेर फर्किए,’ रेग्मीले भने । त्यसअघि उनले काठमाडौं जाने माइक्रो फेला पारेका थिए । मुढामा बसेर गएपनि पाँच सय रुपैयाँ भाडा लाग्ने भनेपछि आफु नचढेको उनले बताए ।
गाडीले भाडा महँगो भनेपछि उनले प्रहरीलाई पनि जानकारी गराए । पुलचोकमा खटिएका एक जना प्रहरी गाडीभित्र पसेर भाडा महंगोको विषयका गुनासो भए बताउन आग्रह गरे । बाध्यात्मक अवस्थाका यात्रु चुपचाप बसे ।
विप्लव माओवादीको बन्दका कारण धेरै यात्रुले सास्ती पाएका छन् । यहि बन्द यातायात व्यवसायीलाई भने मौकामा चौका भएको छ । चाडपर्व होस् वा अन्य कुनै आपत परेको बेला होस् । यातायात व्यवसायीले यात्रुलाई लुट्नुसम्म लुटेका हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार